‘बेलायतको नेपाल भ्रमणमा अघोषित प्रतिबन्ध’

काठमाडौं। बेलायतले बाराको गढीमाइ मन्दिरमा दिइने पशुबलीलाई लिएर नेपाल भ्रमणमाथि अघोषित प्रतिबन्ध लगाएको छ। बलीको विरोधमा युरोपभर नेपाल भ्रमण नगर्न अभियान चलेको र बेलायतको नेपाल भ्रमणमा अधोषित प्रतिबन्ध भएको सरकारी अधिकारी तथा पर्यटन व्यवसायीहरुलाई उद्धृत गर्दै नेपाली सञ्चार माध्यमहरुले जनाएका छन्। Nepal_gadhimai

मंगलबार प्रकाशित कारोबार आर्थिक दैनिकमा पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले गढीमाई मेलाकै कारण बेलायतीहरुलाई नेपाल भ्रमण नगर्न अघोषित प्रतिबन्ध भएको बताएका छन्। यसबाट नेपाल आउने पर्यटक प्रभावित हुने भन्दै चिन्ता व्यक्त गरिएको छ। गत वर्ष साढे ३५ हजारभन्दा बढी बेलायतीले नेपाल भ्रमण गरेका थिए।

श्रेष्ठले गाढीमाइको विषयलाई लिएर बेलायतले आफ्ना नागरिकलाई विश्वमा सबैभन्दा बढी हिंस्रक र क्रुर नेपालीहरु रहेका भन्दै नेपाल भ्रमण नगर्न आग्रह गरेको बताउदै भने, ‘गढीमाईमा हुने पशुबलीलाई लिएर बेलायतले बढी चासो देखाएको छ । नेपालीलाई विश्वकै हिंस्रक नागरिकको रुपमा चित्रण गरेको छ ।’

गढीमाईमा हुने पशुबलीलाई लिएर बेलायतमा हस्ताक्षर अभियान समेत चलाइएको थियो। ७६ हजार भन्दा बढी पशु अधिकारकर्मीले हस्ताक्षर अभियानमा सहभागिता जनाएको जानकारी मन्त्रालयलाई आएको सचिव श्रेष्ठले बताए ।

गत साता बेलायतमा पर्यटन मन्त्री दीपकचन्द्र अमात्यलाई ज्ञापन पत्र बुझाएको र नेपाल फर्के लगत्तै उनले यस विषयमा राष्ट्रपति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बारेमा जानकारी बिजमान्डु डट कमले जनाएको छ।

उसले आफ्ना नागरिकलाई नेपालीहरु क्रुर र हिंस्रक हुन्छन् भन्ने गलत प्रचार गराइरहेकोले नेपालको पर्यटन क्षेत्रमा यसले गम्भीर असर पार्ने श्रेष्ठले बताए । ‘हामीले यसबारेमा सबै सरोकारवाला निकायमा जानकारी र सुझाव दिएका छौ,’ सचिव श्रेष्ठले भने ।Joanna Lumle_Protest

गढीमाई मेलाको विषयमा मंगलबार मात्र एमालेकी सभासद राज्यलक्ष्मी गोल्छाले पशुबली रोकि पाऊ भनेर मुद्दा दायर गरिसकेकी छिन् भने भारतीय सर्वोच्च अदालतले आफ्ना नागरिकलाई यसअघि नै पशुबली गर्न गढीमाई मेलामा नलैजान फैसला सुनाइसकेको छ । गढीमाई मेला प्रत्येक पाँच/पाँच वर्षमा लाग्ने गर्दछ । जसमा करिव पाँच लाख पशुलाई बली दिने गरिन्छ । बेलायतका अधिकारकर्मी तथा अभिनेत्री जोना लुम्लेको नेतृत्वमा अभियान बली रोक्न माग गर्दै अभियान सञ्चालन भएको छ।

यसैबीच पर्यटन मन्त्रालयले गढीमाइमा फोटो र भिडियो खिच्न प्रतिबन्ध लगाएको छ। नेपाली संस्कृति र पर्यटन क्षेत्रमा असर पार्ने भन्दै प्रतिबन्ध लगाइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री