लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले सामाजिक सञ्जालमा मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेको छ ।
शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले सामाजिक सञ्जालमा बेलायतस्थित व्यवसायी राजन कँडेलले आफूमाथि लगाएको आरोपका बारेमा सत्यतथ्य बुझिपाउँ भनी महासङघमा दिएको निवेदनबारे प्रारम्भिक प्रतिक्रिया दिने क्रममा महासङघले सो आग्रह गरेको हो ।
अधिकारीले उजुरीमा नोभेम्बर १६ गतेका दिन कंडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको दावी गरेका छन् ।
उजुरीका बारेमा महासंघ यूके शाखाको ७ डिसेम्बर, आइतवार लण्डनमा हुने पूर्ण बैठकमा छलफल गरिने बताइएको छ ।
शाखाका महासचिव श्याम लुइँटेलले जारी गरेको विज्ञप्तिमा शाखाले यस घटनालाई गम्भीर रुपमा लिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ- सामाजिक संजालमा व्यक्तिगत चरित्र हत्या हुने खालका सामाग्री राख्नु निन्दनिय कार्य हो । त्यसैले सामाजिक सञ्जालमा कसैको व्यक्तिगत चरित्र हत्या हुने खालका सामाग्री नराख्न र सामाजिक संजालको गरिमालाई समेत ख्याल राख्दै मर्यादित भाषाको प्रयोग गर्न सम्बन्धित सबैमा नेपाल पत्रकार महासंघ यूके शाखा आग्रह गर्दछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते