
३० प्रतिशत नेपाली अझै चर्पि प्रयोग गर्नबाट वञ्चित
काठमाडौँ । सरकारले २०१७ सम्ममा मुलुकलाई खुला दिशामुक्त गर्ने घोषणा गरेतापनि कुल जनसङ्ख्याको ३० प्रतिशत नेपाली अझै पनि शौचालयको उपयोग गर्नबाट वञ्चित छन् ।
खानेपानी तथा ढल विकास विभागका महानिर्देशक रामदीप शाहका अनुसार शौचालयको प्रयोग गर्ने ७० प्रतिशत जनसङ्ख्यामध्ये कतिपयले कच्ची चर्पी प्रयोग गरिरहेका छन् ।
सरकारले विसं २०१७ सम्ममा मुलुकलाई खुला दिशामुक्त गर्ने योजनाअनुसार एक घर एक शौचालयको व्यवस्था गर्ने महानिर्देशक शाहले जानकारी दिए ।
पूर्व वातावरण तथा विज्ञानमन्त्री गणेश साहले शौचालयको अभावले विद्यालय पढ्न जाने विद्यार्थी विद्यालय छाड्न बाध्य भएको अवस्थामा सरकारले एक घर एक शौचालयको योजनालाई तत्काल लागु गर्नुपर्नेमा जोड दिए ।
उनले सार्वजनिक शौचालयको अभावले सहरवासीले मानसिक कष्ट भोग्नुका साथै विभिन्न रोगबाट पीडित हुनुपरेको बताए ।
सार्वजनिक शौचालयको व्यवस्था नहुँदा खासगरी कार्यस्थलमा खटिएका ट्राफिक प्रहरी, महिला टेम्पो चालकलाई सबैभन्दा बढी समस्या हुने गरेको देखिन्छ । त्यसैगरी अपाङ्गता भएका व्यक्तिले अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।
भोलि विश्वभरी विभिन्न कार्यक्रम गरी मनाउन लागिएको विश्व शौचालय दिवस सरोकारवाला सङ्घसंस्थाले नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति