काठमाडौँ । सरकारले २०१७ सम्ममा मुलुकलाई खुला दिशामुक्त गर्ने घोषणा गरेतापनि कुल जनसङ्ख्याको ३० प्रतिशत नेपाली अझै पनि शौचालयको उपयोग गर्नबाट वञ्चित छन् ।
खानेपानी तथा ढल विकास विभागका महानिर्देशक रामदीप शाहका अनुसार शौचालयको प्रयोग गर्ने ७० प्रतिशत जनसङ्ख्यामध्ये कतिपयले कच्ची चर्पी प्रयोग गरिरहेका छन् ।
सरकारले विसं २०१७ सम्ममा मुलुकलाई खुला दिशामुक्त गर्ने योजनाअनुसार एक घर एक शौचालयको व्यवस्था गर्ने महानिर्देशक शाहले जानकारी दिए ।
पूर्व वातावरण तथा विज्ञानमन्त्री गणेश साहले शौचालयको अभावले विद्यालय पढ्न जाने विद्यार्थी विद्यालय छाड्न बाध्य भएको अवस्थामा सरकारले एक घर एक शौचालयको योजनालाई तत्काल लागु गर्नुपर्नेमा जोड दिए ।
उनले सार्वजनिक शौचालयको अभावले सहरवासीले मानसिक कष्ट भोग्नुका साथै विभिन्न रोगबाट पीडित हुनुपरेको बताए ।
सार्वजनिक शौचालयको व्यवस्था नहुँदा खासगरी कार्यस्थलमा खटिएका ट्राफिक प्रहरी, महिला टेम्पो चालकलाई सबैभन्दा बढी समस्या हुने गरेको देखिन्छ । त्यसैगरी अपाङ्गता भएका व्यक्तिले अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।
भोलि विश्वभरी विभिन्न कार्यक्रम गरी मनाउन लागिएको विश्व शौचालय दिवस सरोकारवाला सङ्घसंस्थाले नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ ।
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
रहेनन् अभिनेता सुनिल थापा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते