जाजरकोट । पुन्मा–९ दोकानकी तुल्सरी कामी आइतबार निकै खुसी भइन् ।
तीन छोरा, ६ छोरी, ४८ नातिनातिनी र १०२ पनातिकी मूली तुल्सरी शनिबार भुर गाविसको पोखरामा प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीबाट पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि खुसीले गद्गद भएकी हुन् ।
पैँसट्ठी वर्षीय जेठा छोरा विर्खे कामीका साथ सरकारी सेवा प्रवाहका लागि भुर गाविसको पोखरामा आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा गएकी उनले नागरिकता लिएकी हुन् ।
एक सय पाँच वर्षको उमेर पुग्ने बेलासम्म पनि जुत्ताचप्पल नलगाएकी तुल्सरीले उमेर हुने बेलासम्म नागरिकता लिन रुचि नदेखाएको र पछि वृद्धभत्ताका लागि नागरिकता बनाउनुपर्ने भए पनि खलङ्गासम्म हिँड्न सक्ने अवस्था नभएका कारण अहिलेसम्म नागरिकताविहीन भएर बसेको जेठा छोरा विर्खे कामीले बताए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार