जाजरकोट । पुन्मा–९ दोकानकी तुल्सरी कामी आइतबार निकै खुसी भइन् ।
तीन छोरा, ६ छोरी, ४८ नातिनातिनी र १०२ पनातिकी मूली तुल्सरी शनिबार भुर गाविसको पोखरामा प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीबाट पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि खुसीले गद्गद भएकी हुन् ।
पैँसट्ठी वर्षीय जेठा छोरा विर्खे कामीका साथ सरकारी सेवा प्रवाहका लागि भुर गाविसको पोखरामा आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा गएकी उनले नागरिकता लिएकी हुन् ।
एक सय पाँच वर्षको उमेर पुग्ने बेलासम्म पनि जुत्ताचप्पल नलगाएकी तुल्सरीले उमेर हुने बेलासम्म नागरिकता लिन रुचि नदेखाएको र पछि वृद्धभत्ताका लागि नागरिकता बनाउनुपर्ने भए पनि खलङ्गासम्म हिँड्न सक्ने अवस्था नभएका कारण अहिलेसम्म नागरिकताविहीन भएर बसेको जेठा छोरा विर्खे कामीले बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो