काठमाडौं। संविधानसभा अन्तर्गतको संवैधानिक राजनीति संवाद तथा सहमति समितिमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले, राप्रपासम्बद्ध ४३ सभाषदहरुले नयाँ संविधानको अन्तबस्तुको संयुक्त प्रस्तावलाई अघि बढाउनु पर्ने माग गर्दै सभापति डा बाबुराम भट्टराईलाई आइतबार हस्ताक्षर बुझाएका छन् ।
सहमति नभएको अवस्थामा समितिबाट प्रस्ताव लैजान प्रक्रियागत रुपमा नमिल्ने आडान राख्दै आएका सभापति भट्टराईको हैसियतलाई चुनौति दिँदै हस्ताक्षर समितिमा आएको हो। समिति ७३ सदस्यीय छ। बैठकमा नेपाली कांग्रेस उप सभापति समेत रहेका समितिका सदस्य रामचन्द्र पौडेलले हस्ताक्षर सभापति भट्टराईलाई बुझाएका हुन्।
हस्ताक्षर बुझाउने क्रममा पौडेलले संवाद समिति अनिर्णय बन्दी भएर संविधानसभालाई गतिरोध उत्पन्न गर्न नहुने बताए ।
हस्ताक्षर बुझाएपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त प्रस्ताव समितिबाट जान नसक्ने बताए।
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदरले दुई तिहाइको बहुमतको आधारमा शान्ति प्रक्रियाको आधा हिस्सा रहेको माओवादी र मधेशी दलहरुलाई पेल्न खोजेको भन्दै त्यसले राम्रो परिणाम नल्याउने चेतावनी दिए।
सभापति भट्टराईले हस्ताक्षरको कानुनी र राजनीतिक हैसियत प्रष्ट नहुञ्जेलसम्म अर्को बैठक बस्न नसक्ने भन्दै समितिको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरेका छन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा