काठमाडौ। पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै नेकपा-माओवादीले सचिव नेत्रविक्रम चन्द विप्लव र पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई स्पष्टिकरण सोधेको छ। चन्द पक्षले बहिस्कार गरेको शनिबार र आइतबार भएको केन्द्रीय कमिटीको बैठकले अन्य नेताहरुलाई भने आत्मालोचना गर्न निर्देशन दिएको छ।
केन्द्रीय कमिटको बैठकपछि अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा विप्लव समूहले फुटपरस्त गतिविधि गरेको आरोप लगाइएको छ ।
‘केही समयअघिदेखि पार्टी लाइन विपरीत अभिव्यक्ति दिने, स्थायी समिति, पीबी र केन्द्रीय समितिका बैठक बहिष्कार गर्ने, गुटगत भेला र पत्रकार सम्मेलन गर्नेजस्ता फूटपरस्त र पार्टीविरोधी गतिविधिमा संलग्न हुनुभएको देखिएकोले ” नेताद्वयले जारी गरेको विज्ञप्तिमा विप्लव समूहमाथि स्पष्टीकरणको कारवाही चलाउनुपर्ने कारण उल्लेख गर्दै भनिएको छ, ‘पार्टीका सचिव क विप्लव र पीबीएम क प्रकाण्डलगायत अन्य सम्बन्धित कमरेडहरुसँग स्पष्टीकरण लिने निर्णय गरियो ।’
गत बुधबार र बिहीबार चन्द पक्षले कपिलबस्तुको शिवगढी जंगलमा गोप्य राष्ट्रिय भेला आयोजना गरेको थियो। सो भेलामा जिल्लाबाट २ जना र मोर्चाहरुबाट एक एक प्रतिनिधि सहभागी गराइएको थियो।
‘वर्गसङ्घर्ष र अन्तर्संङ्घर्षको हिसाबले एकताबद्ध भएर अघि बढ्नुपर्ने अहिलेको अवस्थामा पार्टीभित्र उपरोक्त प्रकारका गतिविधि हुनु चिन्ताजनक विषय भएको केन्द्रीय समितिले ठहर गरेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘आफ्ना गल्ती, कमीकमजोरीहरुलाई सच्याई आत्मालोचनासहित पार्टीको विधि र पद्धतिलाई आत्मसात गर्दै वैठक र सङ्घर्षका कार्यक्रमहरुमा सहभागी भई पार्टी एकतालाई सुदृढ बनाएर अघि बढ्नसमेत सम्बन्धित कमरेडहरुलाई निर्देशन गर्ने निर्णय गरिएको छ ।’
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो