काठमाडौ। पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै नेकपा-माओवादीले सचिव नेत्रविक्रम चन्द विप्लव र पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई स्पष्टिकरण सोधेको छ। चन्द पक्षले बहिस्कार गरेको शनिबार र आइतबार भएको केन्द्रीय कमिटीको बैठकले अन्य नेताहरुलाई भने आत्मालोचना गर्न निर्देशन दिएको छ।
केन्द्रीय कमिटको बैठकपछि अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा विप्लव समूहले फुटपरस्त गतिविधि गरेको आरोप लगाइएको छ ।
‘केही समयअघिदेखि पार्टी लाइन विपरीत अभिव्यक्ति दिने, स्थायी समिति, पीबी र केन्द्रीय समितिका बैठक बहिष्कार गर्ने, गुटगत भेला र पत्रकार सम्मेलन गर्नेजस्ता फूटपरस्त र पार्टीविरोधी गतिविधिमा संलग्न हुनुभएको देखिएकोले ” नेताद्वयले जारी गरेको विज्ञप्तिमा विप्लव समूहमाथि स्पष्टीकरणको कारवाही चलाउनुपर्ने कारण उल्लेख गर्दै भनिएको छ, ‘पार्टीका सचिव क विप्लव र पीबीएम क प्रकाण्डलगायत अन्य सम्बन्धित कमरेडहरुसँग स्पष्टीकरण लिने निर्णय गरियो ।’
गत बुधबार र बिहीबार चन्द पक्षले कपिलबस्तुको शिवगढी जंगलमा गोप्य राष्ट्रिय भेला आयोजना गरेको थियो। सो भेलामा जिल्लाबाट २ जना र मोर्चाहरुबाट एक एक प्रतिनिधि सहभागी गराइएको थियो।
‘वर्गसङ्घर्ष र अन्तर्संङ्घर्षको हिसाबले एकताबद्ध भएर अघि बढ्नुपर्ने अहिलेको अवस्थामा पार्टीभित्र उपरोक्त प्रकारका गतिविधि हुनु चिन्ताजनक विषय भएको केन्द्रीय समितिले ठहर गरेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘आफ्ना गल्ती, कमीकमजोरीहरुलाई सच्याई आत्मालोचनासहित पार्टीको विधि र पद्धतिलाई आत्मसात गर्दै वैठक र सङ्घर्षका कार्यक्रमहरुमा सहभागी भई पार्टी एकतालाई सुदृढ बनाएर अघि बढ्नसमेत सम्बन्धित कमरेडहरुलाई निर्देशन गर्ने निर्णय गरिएको छ ।’
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार