काठमाडौं। संविधान निर्माणमा देखिएको गतिरोध अन्त्य गर्न र नयाँ संविधानको अन्तरबस्तु बारे सहमति खोज्न भएको नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। 
बैठकमा नेकपा एमालेले कांग्रेसले आफूले ल्याएको संयुक्त प्रस्ताव संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिबाट पूर्ण बैठकमा लैजान आग्रह गरेका थिए।
तर नयाँ बानेश्वरमा करिब तीन घण्टा चलेको वार्तामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका माओवादी नेता बाबुराम भट्टराईले वैधानिक र राजनीतिक रुपमा पनि त्यस्तो गर्न नसकिने बताए ।
समितिले नियमावली र अभ्यासकै आधारमा भन्दै सभापति भट्टराईले संविधानसभाको बैठकमा सिधै लैजान सुझाव दिएका थिए।
बैठकमा माओवादीले कांग्रेस एमालेसहितका यसअघि भएका सहमति/सम्झौताको विपक्षामा रहेकाले संयुक्त प्रस्ताव नै फिर्ता लिन आग्रह गरेका थिए। तर एमालेले प्रस्तावमाथि छलफल भएपनि त्यसलाई फिर्ता नहुने बताएको छ।
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्धा भण्डारी, महासचिव ईश्वर पोखरेल तथा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ संलग्न थिए।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा