काठमाडौं। चेल्सीका फरबार्ड डिडिएर ड्रोग्बा र बार्सिलोनाका सुपरस्टार लियोनेल मेसी लामो समयदेखि मैदानमा एक अर्का प्रतिद्वन्द्वी रहँदै आएका छन्। त्यसमा सधै अर्जेन्टिनी सुपरस्टारअघि रहने गरेका छन्। 
मैदानभित्र मात्रै होइन बाहिर पनि ड्रोग्बाभन्दा मेसी अघि देखिएका छन् टर्किस एयरलाइन्सको नयाँ विज्ञापनमा। टर्किस एयरलाइन्सको नयाँ विज्ञापनमा मेसीलाई जित्न ड्रोग्बा नेपाल, जापान र साइबेरियादेखि साहारा मरुभुमी पुगेका देखाइएको छ । तर सो स्थानमा ड्रोग्बाअघि मेसी पुगेको र मेसीको अटोग्राफ भएको फोटो रेस्टुरेन्टको भित्तामा झुण्डिरहेको देखाइएको छ। ‘वाइडन योर बर्ल्ड’ शीर्षकको अन्तिम विज्ञापन दुवै विश्व प्रसिद्ध फुटबलरमाथि बनाइएको छ। विज्ञापन ५८ सेकेन्डको छ।
https://www.youtube.com/watch?v=BrI7VRfqgo4
टर्किस एयरलाइन्सले विज्ञापनसँग नयाँ प्रतियोगिता पनि शुरु गरेको छ। त्यसमा यात्रीले आफूलाई मन परेको खानाको फोटो अपलोड गरेर विज्ञापनमा देखाएको स्थानमा जाने पुरस्कार प्राप्त गर्ने छन्। टर्किस एयरलाइन्सले गत वर्षबाट इस्तानबुल-काठमाडौं सिधा उडान गर्दै आएको छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा