काठमाडौं। नयाँ संविधान अन्तरबस्तु बारेमा आ-आफ्नो अडानमा कायम रहेका सत्तारुढ र विपक्षी दलहरुबीच चाँडै सहमतिको संभावना देखिदैन।
नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु साना दलहरुसँग सहमति जुटाउन औपचारिक वार्तालाई तीव्र पारेका छन् तर विवादको विषय भने निरन्तर रुपमा जारी छ। प्रधानमन्त्री सुशील कोइरालाले संविधानको अन्तरबस्तुको बारेमा समान धारणा बनाएका दलहरुको बैठक राखेका छन् ।
बैठकले संवैधानिक राजनीतिक संवाद र सहमति समितिका सभापति बाबुराम भट्टराईमाथि समितिमा प्रस्तुत गरेको साझा धारणालाई पूर्ण वैठकमा लैजान दवाव बढाउने निर्णय गरेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुले समितिको बैठकमा अन्तरबस्तुको बारेमा समान धारणा राखेपछि एकीकृत नेकपा माओवादीसहित आन्दोलनरत मधेशीसहितले त्यसको च्रर्को विरोध गर्दै आएका छन् ।
संयुक्त धारणालाई ढिलो गराउनु अर्थ संविधान निर्माण प्रक्रियालाई त्यति नै ढिलो निष्कर्ष निकालेका दलहरु ज्वरो आएर घरमै आराम गरिरहेका भट्टराईलाई भेट्न उनको निवास सानेपा पुगेका थिए । दलहरुले प्रधानमन्त्रीको सल्लाह बमोजिम भट्टराईलाई भेटेको बताएका छन्। टाइफाइड भएर घरमै आराम गरिरहेका भट्टराईलाई भेट्न एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्ष विद्धा भण्डारी, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र राप्रपा महामन्त्री तथा संसदीय दलका नेता दीपक बोहरा गएका थिए।
यसैबीच बैठक छाडेर रोल्पा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राजधानी फर्किन दवाव बढेको छ । प्रधानमन्त्री कोइराला र दलहरुले बुधबार तारन्तार फोन गरेर दाहाललाई राजधानी फर्किन आग्रह गरेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो