काठमाडौं। नयाँ संविधान अन्तरबस्तु बारेमा आ-आफ्नो अडानमा कायम रहेका सत्तारुढ र विपक्षी दलहरुबीच चाँडै सहमतिको संभावना देखिदैन।
नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु साना दलहरुसँग सहमति जुटाउन औपचारिक वार्तालाई तीव्र पारेका छन् तर विवादको विषय भने निरन्तर रुपमा जारी छ। प्रधानमन्त्री सुशील कोइरालाले संविधानको अन्तरबस्तुको बारेमा समान धारणा बनाएका दलहरुको बैठक राखेका छन् ।
बैठकले संवैधानिक राजनीतिक संवाद र सहमति समितिका सभापति बाबुराम भट्टराईमाथि समितिमा प्रस्तुत गरेको साझा धारणालाई पूर्ण वैठकमा लैजान दवाव बढाउने निर्णय गरेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुले समितिको बैठकमा अन्तरबस्तुको बारेमा समान धारणा राखेपछि एकीकृत नेकपा माओवादीसहित आन्दोलनरत मधेशीसहितले त्यसको च्रर्को विरोध गर्दै आएका छन् ।
संयुक्त धारणालाई ढिलो गराउनु अर्थ संविधान निर्माण प्रक्रियालाई त्यति नै ढिलो निष्कर्ष निकालेका दलहरु ज्वरो आएर घरमै आराम गरिरहेका भट्टराईलाई भेट्न उनको निवास सानेपा पुगेका थिए । दलहरुले प्रधानमन्त्रीको सल्लाह बमोजिम भट्टराईलाई भेटेको बताएका छन्। टाइफाइड भएर घरमै आराम गरिरहेका भट्टराईलाई भेट्न एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्ष विद्धा भण्डारी, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र राप्रपा महामन्त्री तथा संसदीय दलका नेता दीपक बोहरा गएका थिए।
यसैबीच बैठक छाडेर रोल्पा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राजधानी फर्किन दवाव बढेको छ । प्रधानमन्त्री कोइराला र दलहरुले बुधबार तारन्तार फोन गरेर दाहाललाई राजधानी फर्किन आग्रह गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा