काठमाडौं । फुटेको नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ निकट कार्यकर्ताहरुको गोप्य राष्ट्रिय भेला कपिलबस्तुको जंगलमा शुरु भएको नेपाली सञ्चार माध्यमहरुले जनाएका छन्।
दीर्घकालीय सशस्त्र जनयुद्ध पुन शुरु गर्नु पर्ने धारणा राख्दै आएका चन्दको सो भेलाले आगामी रणनीति तय गर्ने बताइएको छ । संस्थापन पक्षले चन्दलाई भेला रोक्न निर्देशन दिएको थियो ।
शिवगढी क्षेत्रको जंगलमा बुधबार १ बजेबाट भेला शुरु भएको इकान्तिपुरले जनाएको छ । सदरमुकाम तौलिहवाबाट ६० किलोमिटर उत्तर पश्चिमा सो स्थान रहेको बताइएको छ ।
भेलामा सहभागी हुन चन्द मंगलबार साझ कपिलबस्तु पुगेको बताइएको छ । भेलामा जिल्लाबाट २ जना प्रतिनिधि र मोर्चाका प्रमुखहरुलाई बोलाइएको छ।
मोहन वैद्य नेतृत्वमा रहेको नेकपा-माओवादीभित्र महासचिव रामबहादुर थापा बादल र चन्दबीच कार्यनीतिको विवाद रहँदै आएको छ।
थापा सशस्त्र जनविद्रोहको पक्षमा रहेका छन् भने चन्द दीर्घकालीन जनयुद्ध शुरु गर्नु पर्ने पक्षमा छन्। मंगलबार बसेको पोलिटब्युरो बैठकले भेला रोक्न निर्देशन दिएको थियो भने मंसिरको ६ गते केन्द्रीय कमिटीसहितको विस्तारित बैठक बोलाइएको छ। त्यसको तयारीका लागि शनिबार केन्द्रीय कमिटीको बोलाएको बैठक पनि चन्द पक्षले बहिस्कार गर्ने भएको छ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने