काठमाडौं । फुटेको नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ निकट कार्यकर्ताहरुको गोप्य राष्ट्रिय भेला कपिलबस्तुको जंगलमा शुरु भएको नेपाली सञ्चार माध्यमहरुले जनाएका छन्।
दीर्घकालीय सशस्त्र जनयुद्ध पुन शुरु गर्नु पर्ने धारणा राख्दै आएका चन्दको सो भेलाले आगामी रणनीति तय गर्ने बताइएको छ । संस्थापन पक्षले चन्दलाई भेला रोक्न निर्देशन दिएको थियो ।
शिवगढी क्षेत्रको जंगलमा बुधबार १ बजेबाट भेला शुरु भएको इकान्तिपुरले जनाएको छ । सदरमुकाम तौलिहवाबाट ६० किलोमिटर उत्तर पश्चिमा सो स्थान रहेको बताइएको छ ।
भेलामा सहभागी हुन चन्द मंगलबार साझ कपिलबस्तु पुगेको बताइएको छ । भेलामा जिल्लाबाट २ जना प्रतिनिधि र मोर्चाका प्रमुखहरुलाई बोलाइएको छ।
मोहन वैद्य नेतृत्वमा रहेको नेकपा-माओवादीभित्र महासचिव रामबहादुर थापा बादल र चन्दबीच कार्यनीतिको विवाद रहँदै आएको छ।
थापा सशस्त्र जनविद्रोहको पक्षमा रहेका छन् भने चन्द दीर्घकालीन जनयुद्ध शुरु गर्नु पर्ने पक्षमा छन्। मंगलबार बसेको पोलिटब्युरो बैठकले भेला रोक्न निर्देशन दिएको थियो भने मंसिरको ६ गते केन्द्रीय कमिटीसहितको विस्तारित बैठक बोलाइएको छ। त्यसको तयारीका लागि शनिबार केन्द्रीय कमिटीको बोलाएको बैठक पनि चन्द पक्षले बहिस्कार गर्ने भएको छ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त