काठमाडौं। रोजगारीका लागि मलेसिया र खाडी राष्ट्र जाने नेपालीको संख्या पछिल्लो तीन महिनामा ३३ प्रतिशतले बढेको छ। साउनदेखि असोज महिनाभित्रमा रोजगारीका लागि १ लाख २९ हजार १ सय ४० जना बाहिरिएको वैदेशिक रोजगार विभागको प्रतिवेदनमा उल्लेख छ। यो अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले बढी हो। 
गत वर्ष सोही अवधिमा ९७ हजार १ सय ८० जना मात्रै रोजगारीका लागि विदेसिएका थिए। रोजगारीका लागि मलेसिया, कतार, साउदी अरबर संयुक्त अरब इमिरेट (युएइ) नेपालीका लागि प्रमुख गन्तब्य देखिएको छ।
चाडबाडको समय भएपनि उल्लेखित देशमा कामदारको माग बढेपछि विदेसिनेको संख्या पनि बढेको विभागले जनाएको छ। यो अवधिमा सबैभन्दा बढी मलेसियामा ५७ हजार ७ सय ९६ नेपाली गएका छन्। अघिल्लो वर्ष यही अवधिमा यो संख्या २३ हजार १ सय २७ थियो।
त्यसैगरी कतार २७ हजार ९ सय ३४, युएइ २१ हजार ८ सय ६२ र साउदी अरब १३ हजार ७ सय १३ नेपाली रोजगारीका लागि गएका छन्। बैदेशिक रोजगारीमा नेपालका करिब ३० लाख नेपाली मलेसिया र खाडी पुगेका छन्।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान