काठमाडौं। रोजगारीका लागि मलेसिया र खाडी राष्ट्र जाने नेपालीको संख्या पछिल्लो तीन महिनामा ३३ प्रतिशतले बढेको छ। साउनदेखि असोज महिनाभित्रमा रोजगारीका लागि १ लाख २९ हजार १ सय ४० जना बाहिरिएको वैदेशिक रोजगार विभागको प्रतिवेदनमा उल्लेख छ। यो अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले बढी हो। 
गत वर्ष सोही अवधिमा ९७ हजार १ सय ८० जना मात्रै रोजगारीका लागि विदेसिएका थिए। रोजगारीका लागि मलेसिया, कतार, साउदी अरबर संयुक्त अरब इमिरेट (युएइ) नेपालीका लागि प्रमुख गन्तब्य देखिएको छ।
चाडबाडको समय भएपनि उल्लेखित देशमा कामदारको माग बढेपछि विदेसिनेको संख्या पनि बढेको विभागले जनाएको छ। यो अवधिमा सबैभन्दा बढी मलेसियामा ५७ हजार ७ सय ९६ नेपाली गएका छन्। अघिल्लो वर्ष यही अवधिमा यो संख्या २३ हजार १ सय २७ थियो।
त्यसैगरी कतार २७ हजार ९ सय ३४, युएइ २१ हजार ८ सय ६२ र साउदी अरब १३ हजार ७ सय १३ नेपाली रोजगारीका लागि गएका छन्। बैदेशिक रोजगारीमा नेपालका करिब ३० लाख नेपाली मलेसिया र खाडी पुगेका छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो