
लन्डन । विगत केही वर्षदेखि दुई चिरामा विभाजित नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) मा एकताको पहल शुरु भएको छ । नेपाली कांग्रेसका एकजना प्रभावशाली नेता डा. शेखर कोइरालाको बेलायत आगमन लगत्तै एकताका लागि पहल शुरु भएको हो । केही साताअघि बेलायत आएका कांग्रेस नेता कोइरालाले एनपीसीसी यूकेको एकताका लागि सबै पक्ष र जिम्मेवार कार्यकर्ताहरुसंग विभिन्न चरणमा विचार विमर्श गरि मिल्न अनुरोधात्मक निर्देशन दिएका थिए ।
कोइराला बेलायतबाट फर्किए लगत्तै उनले गरेको एकताको पहललाई मुर्तरुप दिन नेपाली कांग्रेस केन्द्रिय विभाग सदस्य विज्ञान प्रसाईंले ९ नोभेम्बर सांझ लन्डनस्थित चौतारी रेष्टुरेन्टमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व अध्यक्ष, क्षेत्रीय सभापतिहरु र अध्यक्षद्धय लोक गुरुङ र चेतनाथ खनाल समूहका पदााधिकारीहरुको विशेष बैठक डाके । बैठकले खनाल र गुरुङ समूहलाई एकसाताभित्र एघार सदस्यीय वार्ता समिति बनाएर नेपाली कांग्रेस केन्द्रिय समिति नेपाल तथा नेपाली कांग्रेस जनसम्पर्क समिति विभागलाई जानकारी गराउन निर्देश गरेको छ ।
उक्त विशेष बैठकले यथाशक्य चांडो वार्ता समितिमार्फत एकताको पहल गरि निर्णयका लागि समन्वय तथा संयोजन गर्न नेपाली कांग्रेस केन्द्रिय विभाग सदस्य विज्ञान प्रसाईंलाई अधिकार प्रदान गरेको छ ।
बैठकमा खनाल समूहबाट चेतनाथ खनाल (सभापति), विकास देवकोटा (उपाध्यक्ष), युवराज सिंह (महामन्त्री) तथा लोक गुरुङ समूहबाट शान्तविनोद
लामिछाने (उपाध्यक्ष एवं महासमिति सदस्य), कुमारी गुरुङ (उपसभापति), हिमाल गुरुङ (उपसभापति तथा महाधिवेशन प्रतिनिधि), युवराज गुरुङ (उपसभापति), राजकुमार त्रिपाठी (महामन्त्री), प्रवेश केसी (प्रवक्ता तथा महाधिवेशन प्रतिनिधि), तस्विर लामा (कार्यसमिति सदस्य), सल्लाहकार महेश दाहाल सहभागी थिए । त्यसैगरि, पूर्व सभापति विनोद मोक्तान, साउथ इस्ट लन्डन क्षेत्रीय सभापति भोजप्रसाद गुरुङ, नवराज न्यौपाने (क्षेत्रीय सभापति रेडिङ), नारायण आचार्य (क्षेत्रीय सभापति नर्थवेष्ट लन्डन), नेपाली कांग्रेस क्रियाशिल सदस्य योगेन क्षेत्री लगायत अन्य विभिन्न क्रियाशिल तथा जिम्मेवार व्यक्तिहरु उपस्थित थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते