काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित संविधानको अन्तरबस्तुबारे साझा धारणा बनाएका दलहरुले आन्दोलनरत एकीकृत नेकपा माओवादीसहितका दलहरुलाई धम्कीको भाषा छाडेर सहमतिमा आउन आग्रह गरेका छन् ।
पर्यटन बोर्डमा नयाँ संविधानको अन्तरबस्तुको बारेमा साझा धारणा सार्वजनिक गर्ने कार्यक्रममा नेताहरुले आफूले अघि सारेको अवधारणामा सहमतिमा आउन वा प्रक्रियामा जान बाहेकको कुनै विकल्प नभएको स्पष्ट पारे ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले धक्याउने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको पुरानो बानी भएको बताए । उनले धम्की छाडेर सहमतिमा आउन आग्रह गरे । ‘थर्काउने बानी प्रचण्डजीको पहिले देखिकै हो’ कोइरालाले भने, ‘त्यो छाड्नुहोस सबैको जिम्मबारी हो नि सहमति गर्ने।’
कार्यक्रममा कोइरालाले संविधान निर्धारित समय माघ ८ मै आउने बताए । उनले संविधान निर्माणभन्दा ठूलो समस्या शान्ति प्रक्रिया अन्तर्गतको हतियार व्यवस्थापन र लडाकु समायोजन पनि टेवल टकबाट समाधान भएको बताए ।
सत्तासाझेदारसँग साना दल र स्वतन्त्र सभाषदहरुले धारणा औपचारिक रुपमा बाहिर ल्याउन आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी ट्रयाकबाट बाहिर गएकाले अहिलेको समस्या देखिएको बताए । उनले सात प्रदेशभन्दा बढीमा जान नसकिने भन्दै धेरै प्रदेशको कुरा प्रादेशिक शासनबारे नबुझ्नेले कुरा उठाएको बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा