काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसनबाट हिउँदमा थप ७० मेगावाट विजुली किन्ने भएको छ। योसँगै भारतबाट हिउँदमा दैनिक २ सय ६० मेगावाट विद्युत आयात हुनेछ। प्राधिकरणका अधिकारीहरुले भारतबाट सो भन्दा कम विद्युत ल्याउँदा लोडसेडिङ १२ घण्टामा सिमित गर्न नसकिने बताएका छन्।
प्राधिकरण र कर्पोरेसनबीच थप उर्जा आपूर्तिका लागि बुधबार नयाँ दिल्लीमा सम्झौता हुँदैछ। प्राधिकरणले गत वर्ष भारतबाट डिसेम्बर महिनामा १ सय ९० मेगावाट विद्युत आयात गरेको थियो।
प्राधिकरणले प्रतियुनिट ७ रुपैया ९५ पैसामा खरिद गर्न लागेको हो। भारतले १ सय २५ मेगावाट विजुली २४ सै घण्टा उपलब्ध गराउने छ भने बाँकी परिणाम प्राधिकरणले माग गरेको समयमा उपलब्ध गराउने छ। २ सय ३७ मेगावाट विजुली आयात गर्ने क्षमता भएको अहिलेको प्रशारण लाइनलाई मर्मत गरेर थप विजुली ल्याउन लागिएको हो।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार