काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसनबाट हिउँदमा थप ७० मेगावाट विजुली किन्ने भएको छ। योसँगै भारतबाट हिउँदमा दैनिक २ सय ६० मेगावाट विद्युत आयात हुनेछ। प्राधिकरणका अधिकारीहरुले भारतबाट सो भन्दा कम विद्युत ल्याउँदा लोडसेडिङ १२ घण्टामा सिमित गर्न नसकिने बताएका छन्।
प्राधिकरण र कर्पोरेसनबीच थप उर्जा आपूर्तिका लागि बुधबार नयाँ दिल्लीमा सम्झौता हुँदैछ। प्राधिकरणले गत वर्ष भारतबाट डिसेम्बर महिनामा १ सय ९० मेगावाट विद्युत आयात गरेको थियो।
प्राधिकरणले प्रतियुनिट ७ रुपैया ९५ पैसामा खरिद गर्न लागेको हो। भारतले १ सय २५ मेगावाट विजुली २४ सै घण्टा उपलब्ध गराउने छ भने बाँकी परिणाम प्राधिकरणले माग गरेको समयमा उपलब्ध गराउने छ। २ सय ३७ मेगावाट विजुली आयात गर्ने क्षमता भएको अहिलेको प्रशारण लाइनलाई मर्मत गरेर थप विजुली ल्याउन लागिएको हो।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार