काठमाडौं। नेपालमा ५ सय र १ हजार भारतीय रुपैयाको कारोबारमाथि रहेको प्रतिवन्ध हटाउने तयारी भएको छ। भारत सरकारले नेपालसँगै भुटानमाथि ५ सय र १ हजार भारतीय रुपैया चलाउन लगाउँदै आएको प्रतिवन्ध हटाउने तयारी गरेको छ।
भारत सरकारको इकोनोमिक्स अफेयर्सले प्रतिवन्ध हटाउने सम्बन्धमा सरोकारवाला निकायहरुसँग सोमबार बैठकको गरेको द हिन्दुस्तान टाइम्सले जनाएको छ।
सो बैठकमा भारतीय अर्थ मन्त्रालय, रेभेन्यु इन्टेलिजेन्स र केन्द्रीय बैंकको उच्च अधिकारीको सहभागिता थियो।
‘प्रतिवन्ध हटाउने विषयमा सौद्धान्तिक सहमति भैसकेको छ। प्रधानमन्त्रीबाट पनि पारित भएपछि चाँडै घोषणा भएर कार्यान्वयनमा आउँछ,’ स्रोतलाई उद्धृत गर्दे द हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘बैठकमा रेभेन्यु इन्टेलिजेन्सका अधिकारीले नेपालमा मात्रै प्रतिवन्ध फुकुवा गर्दा नक्कली भारतीय रुपैया कारोवार विस्तार हुनेतर्फ सचेत गराएको थियो। बैठक त्यो कुरामा समेत ध्यान दिने भन्दै सकिएको छ।’
नोभेम्बर २६-२७ मा हुने सार्कको शिखर सम्मेलन अघि नै महत्वपूर्ण निर्णय हुने बताइएको छ। नेपालमा एक सय भारतीय रुपैयामा मात्रै चलाउन पाइन्छ। जसका कारण व्यापारी तथा भारत काम गर्न जाने नेपालीहरुले समस्या भोग्दै आएका छन्। पाँच सय र हजार भारतीय रुपैया हुनेहरुलाई अवैध मुद्दाको ओसार पोसारअन्तर्गत मुद्दा चलाउने गरिएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’