काठमाडौं। नेपालमा ५ सय र १ हजार भारतीय रुपैयाको कारोबारमाथि रहेको प्रतिवन्ध हटाउने तयारी भएको छ। भारत सरकारले नेपालसँगै भुटानमाथि ५ सय र १ हजार भारतीय रुपैया चलाउन लगाउँदै आएको प्रतिवन्ध हटाउने तयारी गरेको छ।
भारत सरकारको इकोनोमिक्स अफेयर्सले प्रतिवन्ध हटाउने सम्बन्धमा सरोकारवाला निकायहरुसँग सोमबार बैठकको गरेको द हिन्दुस्तान टाइम्सले जनाएको छ।
सो बैठकमा भारतीय अर्थ मन्त्रालय, रेभेन्यु इन्टेलिजेन्स र केन्द्रीय बैंकको उच्च अधिकारीको सहभागिता थियो।
‘प्रतिवन्ध हटाउने विषयमा सौद्धान्तिक सहमति भैसकेको छ। प्रधानमन्त्रीबाट पनि पारित भएपछि चाँडै घोषणा भएर कार्यान्वयनमा आउँछ,’ स्रोतलाई उद्धृत गर्दे द हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘बैठकमा रेभेन्यु इन्टेलिजेन्सका अधिकारीले नेपालमा मात्रै प्रतिवन्ध फुकुवा गर्दा नक्कली भारतीय रुपैया कारोवार विस्तार हुनेतर्फ सचेत गराएको थियो। बैठक त्यो कुरामा समेत ध्यान दिने भन्दै सकिएको छ।’
नोभेम्बर २६-२७ मा हुने सार्कको शिखर सम्मेलन अघि नै महत्वपूर्ण निर्णय हुने बताइएको छ। नेपालमा एक सय भारतीय रुपैयामा मात्रै चलाउन पाइन्छ। जसका कारण व्यापारी तथा भारत काम गर्न जाने नेपालीहरुले समस्या भोग्दै आएका छन्। पाँच सय र हजार भारतीय रुपैया हुनेहरुलाई अवैध मुद्दाको ओसार पोसारअन्तर्गत मुद्दा चलाउने गरिएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान