काठमाडौं। सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथबाट सम्बोधन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। चार दिने नेपाल भ्रमणको क्रममा मोदी नोभेम्बर २५ मा सडक मार्गबाट जनकपुर पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। जनकपुरबाट सार्क शिखर सम्मेलनमा भाग लिन मोदी बिमानबाट काठमाडौं आउने छन्। 
हेलिकप्टरबाट मुक्तिनाथ जाने मोदी भारत फर्किने क्रममा लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम छ। तीन वटै धार्मिक केन्द्रहरुमा पूजापाठको अतिरिक्त सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
राजधानीमा सार्कको तयारी समेत तीव्र पारिएको छ। राष्ट्रिय सभागृहमा शिखर सम्मेलनको उद्घाटन गरिने भएपछि मर्मत कार्य तीव्र पारिएको छ। सडक मर्मतको अतिरिक्त सुरक्षा पनि कडा पारिएको छ। प्रहरीले काठमाडौं भित्रने नाकामा चेकजाँचलाई तीव्र पारेको छ । सार्क सम्मेनल नोभेम्बर २६-२७ मा हुनेछ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा