मंगलबार, असार १ २०७८ | Tue, June 15, 2021
नेपालको समय: ०९:२९ | UK Time: 04:44

मकवानपुरमा ट्रक दुर्घटना, सातको मृत्यु

वीनेपाली
२०७१ कार्तिक १८ गते १:०४

काठमाडौं। सर्लाहीबाट पोखरातर्फ जाँदै गरेको ट्रक मकवानपुरमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। Chiriyamaiमकवानपुरको चुरियामाई गाबिसमा मंगलबार बिहान ५ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ।  इँटा बोक्ने ट्रक सडकबाट तल खस्दा ८ जना घाइते भएका छन्। ट्रकमा धान काट्ने मजदुर भएको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। केहीलाई थप उपचार गराउन चितवन लैजाने तयारी भैरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक