कांग्रेस एमालेले पञ्चायत फर्काउन खोजे: दाहाल

काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेले सात प्रदेशको प्रस्ताव ल्याएर पञ्चायत फर्काउन खोजेको आरोप लगाएका छन्। संविधानसभाको संवैधानिक-राजनीतिक संवाद समिति बैठकमा बोल्दै दाहालले कांग्रेस, एमालेको संयुक्त प्रस्ताव स्वीकार्य नहुने बताए ।pushpa_kamal_dahal

‘५ विकास क्षेत्रलाई ७ प्रदेश र १४ अन्चललाई ७ प्रदेश बनाएको भने पनि हुन्छ’ दाहालले भने ‘यो पन्चायतमा फर्केको आभास हुने प्रस्ताव हामीलाई मान्य हुँदैन।

कांग्रेस एमालेको प्रस्तावमा संघीयताका गन्ध पनि नरहेको भन्दै दाहालले कांग्रेस एमालेले २०४७ सालको संविधान ब्युताउनु खोजेको आरोप समेत लगाए। दाहालले बोल्नु अघि प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात प्रदेश प्रस्ताव पेश गरेका थिए।

दाहालले कोइराला र ओलीलाई इतिहास र जनताले माफ नदिने बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री