मोदीले पशुपतिनाथलाई दान गरेको चन्दनमाथि सबैभन्दा धेरै प्रश्न

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा दान दिएको चन्दनको बारेमा भारतमा ‘सूचनाको हक ऐन’ को प्रयोग गरेर सरकारसँग सबैभन्दा बढी जवाफ माग गरिएको छ।

भारतीय विदेश मन्त्रालयको वेबसाइटनुसार सूचना हक सम्बन्धी ऐनलाई टेकेर सोधिएको प्रश्नहरुको सूचीमा मोदी र त्यसअघिका प्रधानमन्त्री मनमोहन सिंहले विदेशबाट कस्तो उपहार पाए भन्ने प्रश्नसँगै चन्दन दानको विषय बढी सोधिने प्रश्नमा परेको छ। Modi_pashupati_indian_express

मोदी साउनमा नेपाल भ्रमणमा रहेको समयमा पशुपतिनाथलाई २ हजार ५ सय किलो चन्दन दान गरका थिए। दान गर्नका लागि कुन राज्यबाट रुख काटिएको थियो? दान दिनका लागि काटिएको साटो कुन स्थानमा नयाँ बिरुवा रोपियो? चन्दन दान दिनु कानुन सम्मत छ ? दान गरिएको चन्दनको मूल्य कति हो? जस्ता प्रश्न सोधिएको बताइएंको छ ।

विदेश मन्त्रालयले मोदीको दान दिएको २ हजार ५ सय किलो चन्दनको मूल्य १ करोड ८८ लाख भारतीय रुपैया भएको बताएको छ।

नेपालसम्म पुर्‌याउनका लागि थप २ लाख ८५ हजार रुपैया खर्च भएको भन्दै चन्दन दान दिँदा कुल १ करोड ९१ लाख भारतीय रुपैया खर्च भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको बजेटबाट भारत सरकारले पशुपति विकास कोषलाई चन्दन दान गरेको जनाएको छ । सरकारले तामिल नाडु राज्यबाट चन्दनका लागि रुख काटिएको जनाएको छ। तर रुख काटिएको साटो बिरुवा कहाँ रोपियो भन्न बारे केही जनाएको छैन।

तयारी अवस्थाको हस्तकला र मेसिनबाट बनाएको सामान बाहेक चन्दनको बस्तु भारतबाट निर्यात गर्न प्रतिबन्ध छ। भारतको विदेशी व्यापार सम्बन्धी महानिर्देशकको कार्यालयले पशुपतिनाथलाई चन्दन दान दिनुलाई ‘विशेष अवस्था’ भन्दै अनुमति दिने गरेको सन् २०१३ मार्चमा भारतीय वाणिज्य मन्त्रालयको मेमोरेन्डममा उल्लेख छ। त्यसको एक वर्षपछि मोदी गत साउनमा १८ र १९ गते नेपाल भ्रमणमा आएका हुन्।

‘भारत र नेपालबीचको लामो ऐतिहासिक र सास्कृतिक सम्बन्धलाई ध्यान दिँदै भारत सरकारले पशुपतिनाथ मन्दिरलाई २ हजार ५ सय किलो चन्दन दान गरिएको हो, ‘ भारतीय विदेश मन्त्रालयले भनेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री