सुनसरी। धरानस्थित इलाका प्रशासन कार्यालयबाट राहदानी लिनेमा महिला र पुरुष बराबर संख्यामा रहेका छन्।
गतवर्ष मात्र धरान क्षेत्रबाट साढे ५ हजार जनाले राहदानी बनाएका थिए। ती मध्ये ४५ प्रतिशत महिला भएको इलाका प्रशासन कार्यालय सुनसरीको तथ्याङ्कमा उल्लेख छ।
अन्य जिल्लामा राहदानी लिनेमा पुरुषको संख्या अत्यधिक देखिएपनि धरान क्षेत्रमा महिला र पुरुषको संख्यामा खासै फरक नदेखिएको इलाका प्रशासन कार्यालयका खरदार प्रल्हाद श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार धरानक्षेत्रमा बसोबास गर्ने मध्ये अधिकाशं बेलायत, ब्रुनाइ, सिंगापुरमा कार्यरत छन् भने हङकङ आइडी लिएका पनि उतिकै छन्।
श्रीमान विदेशी सेनामा भएपछि श्रीमती पनि केही वर्षका लागि बस्नका लागि राहदानी बनाउने गरेकाले राहदानीवाहक महिलाको संख्या धरानमा बढी देखिएको उनले बताए। उनका अनुसार तीमध्ये विदेश अध्ययन गर्न जाने महिला पनि रहेका छन्।
कतिपय गोर्खा लाहुरे समुदायले आफ्ना छोराछोरीलाई पनि बोलाउने भएकाले राहदानी बनाउने महिलाको संख्यामा वृद्धि भएको हो। वैदेशिक रोजगारीकै लागि राहदानी बनाउने महिलाको संख्या भने कम रहेको उनले बताए।
इलाका प्रशासन कार्यालय धरानका खरदार प्रल्हाद श्रेष्ठका अनुसार धरान क्षेत्रबाट विदेशी सेना जस्तै बेलायत, ब्रुनाई र सिंगापुरमा जानेको संख्या करिब ८ हजार छ। उनीहरूका सबैजसो परिवारले राहदानी बनाउने गरेका छन्।
मुलुकभरका ईलाका प्रशासन कार्यालयमध्ये राहादानी वितरणबाट सबैभन्दा बढी राजश्व संकलन गर्ने कार्यालय धरानको हो। उक्त कार्यालयले बार्षिक डेढ करोड रुपैयाँ राजश्व संकलन गर्दै आएको छ। खरदार श्रेष्ठले भने, ‘महिलाले समेत पुरुषकै हाराहारीमा राहदानी बनाउने भएकाले राजश्व संकलन उच्च रहेको हो।’
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा