काठमाडौं। पर्यटन प्रवर्द्धन गर्न नेपाल र भारतका विभिन्न सहरहरुबीच बस सेवा सञ्चालन गरिने भएको छ। काठमाडौमा हुने सार्क शिखर सम्मेलनको समयमा बस सेवा सञ्चालनको सम्झौतामा हस्ताक्षर हुने भएको छ। काठमाडौं- दिल्ली, पोखरा-दिल्ली र काठमाडौ-वारणसीबीच दैनिक रुपमा बस सेवा सञ्चालनमा ल्याउन सकिने रुटको रुपमा दुवै देशका अधिकारीहरुले पहिचान गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
सार्क सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बस सेवा सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भारतीय अधिकारीहरुले विश्वास व्यक्त गरेका छन्। यस्तो सबैभन्दा लामो रुढ दिल्ली-काठमाडौको १ हजार ५८ किलोमिटरको हुनेछ। बस सेवा सञ्चालनले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मोदीको भ्रमण अघि नै नेपाल आउने भारतीय यातायात मन्त्री नीतिन गडकरीको भ्रमण समयमा नेपाल र भारतको सडक मर्मत सम्बन्धमा छलफल हुने बताएका छन्।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ