काठमाडौं। पर्यटन प्रवर्द्धन गर्न नेपाल र भारतका विभिन्न सहरहरुबीच बस सेवा सञ्चालन गरिने भएको छ। काठमाडौमा हुने सार्क शिखर सम्मेलनको समयमा बस सेवा सञ्चालनको सम्झौतामा हस्ताक्षर हुने भएको छ। काठमाडौं- दिल्ली, पोखरा-दिल्ली र काठमाडौ-वारणसीबीच दैनिक रुपमा बस सेवा सञ्चालनमा ल्याउन सकिने रुटको रुपमा दुवै देशका अधिकारीहरुले पहिचान गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
सार्क सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बस सेवा सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भारतीय अधिकारीहरुले विश्वास व्यक्त गरेका छन्। यस्तो सबैभन्दा लामो रुढ दिल्ली-काठमाडौको १ हजार ५८ किलोमिटरको हुनेछ। बस सेवा सञ्चालनले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मोदीको भ्रमण अघि नै नेपाल आउने भारतीय यातायात मन्त्री नीतिन गडकरीको भ्रमण समयमा नेपाल र भारतको सडक मर्मत सम्बन्धमा छलफल हुने बताएका छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो