काठमाडौं। मकवानपुरको बसामाडीमा दुई यात्रुबहाक बस ठोकिदा १० जनाको मृत्यु भएको छ। काठमाडौंबाट विराटनगर जाँदै गरेको र इलामबाट काठमाडौं आउँदै गरेको बस शनिबार राति २ बजे ठोकिदा करिब ३० जना घाइते भएका छन्। मकवानपुर प्रहरीले घटनास्थलमा ८ जना र अस्पतालमा उपचारको क्रममा २ जनाको मृत्यु भएको जनाएको छ । तीव्र गतिमा गुडिरहेको बस मध्ये एकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ।
मध्यमाञ्चल ट्राफिक प्रहरी प्रमुख उमेश रंजितकारका अनुसार घटनास्थलमै मृत्यु हुने यात्रुमा इलामका रोशन भट्टराई, मिलन अधिकारी, इसा कार्की, सुजाता काफ्ले, रक्षा श्रेष्ठ, विराटनगरका शान्ता लुईंटेल , ७३१०४६६४१० नम्बरको राहदानीबाहक २६ वर्षीया रसियन नागरिक डारिया मोलोचक्व र थर खुल्न नसकेकी आस्था भएको प्रहरीले जनाएको छ।
त्यस्तै, दुर्घटनामा परि गम्भिर घाइते प्रवीणराज आचार्यको हेटौंडा अस्पतालमा र इजत दाहालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो