काठमाडौं। मकवानपुरको बसामाडीमा दुई यात्रुबहाक बस ठोकिदा १० जनाको मृत्यु भएको छ। काठमाडौंबाट विराटनगर जाँदै गरेको र इलामबाट काठमाडौं आउँदै गरेको बस शनिबार राति २ बजे ठोकिदा करिब ३० जना घाइते भएका छन्। मकवानपुर प्रहरीले घटनास्थलमा ८ जना र अस्पतालमा उपचारको क्रममा २ जनाको मृत्यु भएको जनाएको छ । तीव्र गतिमा गुडिरहेको बस मध्ये एकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ।
मध्यमाञ्चल ट्राफिक प्रहरी प्रमुख उमेश रंजितकारका अनुसार घटनास्थलमै मृत्यु हुने यात्रुमा इलामका रोशन भट्टराई, मिलन अधिकारी, इसा कार्की, सुजाता काफ्ले, रक्षा श्रेष्ठ, विराटनगरका शान्ता लुईंटेल , ७३१०४६६४१० नम्बरको राहदानीबाहक २६ वर्षीया रसियन नागरिक डारिया मोलोचक्व र थर खुल्न नसकेकी आस्था भएको प्रहरीले जनाएको छ।
त्यस्तै, दुर्घटनामा परि गम्भिर घाइते प्रवीणराज आचार्यको हेटौंडा अस्पतालमा र इजत दाहालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक