काठमाडौ। व्यवस्थापिका संसदमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र विपक्षी दल राप्रपा नेपालका सभाषद्बीच हात हालाहालको अवस्था उत्पन्न भएपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको छ । दुवै पक्ष गाली गलौजमा उत्रिएका थिए।
गृहमन्त्री बामदेव गौतमको अभिव्यक्तिले धार्मिक आस्थामाथि चोट पुगेको भन्दै उनले माफी माग्नु पर्ने मागसहित रोस्टम घेर्न पुगेका राप्रपा नेपालका सभाषद र सभामुखसँग बोल्न समय माग्ने सत्तारुढ दलका सभाषदबीच हात हालाहालको अवस्था सिर्जना भएको हो।
हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने माग गर्दै अनसनमा बसेकालाई सरकारले बल प्रयोग गरेर हटाएको सन्दर्भमा जानकारी दिने क्रममा हिन्दु धर्ममाथि चोट पुगेको भन्दै राप्रपा नेपालका सभाषदहरुले विरोध गरेका थिए।
नेपालको राष्ट्रिय धर्म हिन्दु हुनुपर्ने माग गर्दै रत्नपार्कमा रहेको शान्ति बाटिकामा अनसनमा बसेहरुलाई गत मंगलबार प्रहरीले हटाएको थियो।
जवाफ दिने क्रममा गृहमन्त्रीले महादेव जस्तो बञ्चरो र त्रिशुल बोकेकाहरु भनेपछि राप्रपा नेपालका सभाषदहरुले शुक्रबार होहल्ला गरेपछि सभामुख सुवास नेम्वाङले बैठक आधा घण्टा रोकेका थिए। त्यसपछि शुक्रबार नै दोस्रो पटक बैठक बसेको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने