काठमाडौ। व्यवस्थापिका संसदमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र विपक्षी दल राप्रपा नेपालका सभाषद्बीच हात हालाहालको अवस्था उत्पन्न भएपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको छ । दुवै पक्ष गाली गलौजमा उत्रिएका थिए।
गृहमन्त्री बामदेव गौतमको अभिव्यक्तिले धार्मिक आस्थामाथि चोट पुगेको भन्दै उनले माफी माग्नु पर्ने मागसहित रोस्टम घेर्न पुगेका राप्रपा नेपालका सभाषद र सभामुखसँग बोल्न समय माग्ने सत्तारुढ दलका सभाषदबीच हात हालाहालको अवस्था सिर्जना भएको हो।
हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने माग गर्दै अनसनमा बसेकालाई सरकारले बल प्रयोग गरेर हटाएको सन्दर्भमा जानकारी दिने क्रममा हिन्दु धर्ममाथि चोट पुगेको भन्दै राप्रपा नेपालका सभाषदहरुले विरोध गरेका थिए।
नेपालको राष्ट्रिय धर्म हिन्दु हुनुपर्ने माग गर्दै रत्नपार्कमा रहेको शान्ति बाटिकामा अनसनमा बसेहरुलाई गत मंगलबार प्रहरीले हटाएको थियो।
जवाफ दिने क्रममा गृहमन्त्रीले महादेव जस्तो बञ्चरो र त्रिशुल बोकेकाहरु भनेपछि राप्रपा नेपालका सभाषदहरुले शुक्रबार होहल्ला गरेपछि सभामुख सुवास नेम्वाङले बैठक आधा घण्टा रोकेका थिए। त्यसपछि शुक्रबार नै दोस्रो पटक बैठक बसेको थियो ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय