काठमाडौ। नेकपा एमाले नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरंकुश शैलीले पार्टी नचल्ने बताएका छन्। केन्द्रीय कार्यालय बल्खुमा शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुको नाममा अपिल गर्दै नेपालले करिब तीन हजार शब्दको ध्यानाकर्षण अपिल वितरण गरेका हुन् ।
सात बुँदे ध्यानाकर्षण अपिलमा महाधिवेशनको निर्णय उल्लंघन गरिएको, पार्टीको विधान र संगठनात्मक पद्धतिलाई लत्याएको, पदाधिकारी बैठकको सहमति उल्लंघन गरिएको, अध्यक्षबाट चरम निरंकुश शैली अवलम्बन गरिएको, सहमित र पद्धति कुनै पनि अवलम्बन नभएको, सहमति नखोजेको जस्ता आरोप छ ।
अध्यक्ष ओलीले धारणा राख्दा राख्दै बीचमै नेपालले ध्यानाकर्षण गराउँदै ओली शैलीले पार्टी चल्न नसक्ने बताएका थिए। ‘नवौ महाधिशवेन महत्वपूर्ण निर्णयहरुको कार्यान्वयन गर्ने दायित्व वहन गर्नका निम्ति नेतृत्व चयन गर्ने काम समेत गरेको थियो’ नेपालले भनेका छन् ‘नवौँ महाधिवेशनका निर्णयहरु अत्यन्त महत्वपूर्ण छन् र यी निर्णय कार्यान्वयन गर्न महाधिवेशनको दायित्व अत्यन्त गहन छ । तर, अध्यक्ष क. के.पी. ओलीले उक्त महत्व र गहनतालाई आत्मसात गरेको देखिदैन ।’
नेपालको ध्यानाकर्षण अपिलपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
राधिका (टिका) गुरुङले एनआरएनए महिला उपाध्यक्षमा पदमा उम्मेदवारी दिनुहुने
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह