मिस नेपाल छोरीको प्रतिक्षामा भूपू गोर्खा, भन्छन्, ‘बेलायतको अन्याय अति भयो’

मिस नेपाल सुविनका बाबु आमा

मिस नेपाल सुविनका बाबु आमा

लन्डन । ‘मिस नेपाल २०१४’ छोरी सुविन लिम्बुको लोकप्रियता सुनेर बुवा ५२ वर्षीय भूपू गोर्खा काजीमान लिम्बु जति दंग छन्, यतिखेर त्यो भन्दा बढि आक्रोश उनलाई बेलायत सरकारको अन्यायप्रति छ । हालै प्रधानमन्त्री डेभिड क्यामरुनलाई बुझाइएको ज्याकी डोयल प्राइस प्रतिवेदनले पनि ओभर १८ छोराछोरीका हकमा न्याय गर्ने सम्भावना झिनो रहेपछि क्विन्स् गोर्खा इञ्जिनियरका यी लाहुरे आक्रोशित देखिए । ‘मैले ब्रिटिश आर्मीमा १५ वर्ष नोकरी गरेर छोराछोरी छिन्न भिन्न हुनु त कत्ति चित्त बुझ्दो रहेन’, वीनेपालीसंग कुरा गर्दै उनले भने, ‘छोरीहरु जहां बस्न मन गर्छन् उनीहरुको इच्छा होला तर आवासीय अधिकार नदिनु बेलायत सरकारको चरम अन्याय हो ।’

करिब डेढ महिनाअघि आन्दोलनरत गोर्खा सत्याग्रह समितिसंगको भेटमा मिस नेपाल सुविनले गोर्खा आन्दोलनलाई व्यक्तिगत तवरबाट साथ दिने बताएकी थिइन् । तर, मिस नेपालको उपाधि लिएर सार्वजनिक रुपमै आन्दोलनमा उत्रिन नमिल्ने भएकाले सुविन मौन छन् र उनका बाबुको सुझाव पनि त्यही छ ।

83741_profileImage1.600x400

लिम्बुकी माइली छोरी मिस नेपाल सुविन (२३) र जेठी छोरी सुसन अहिले काठमाण्डौंमै छन् भने कान्छी छोरी रिना र श्रीमति साथमा बेलायतस्थित ग्रेजमा बसोवास गर्छन् ।
यही नोभेम्बर १९ मा सुविन बेलायत उत्रने खवरले काजीमान उत्साहित देखिए । २८ महिनापछि छोरीसंग भेट, त्यो पनि मिस नेपाल ताज पहिरिएपछिको पहिलो भेट कम सुखद हुने छैन् लिम्बु परिवारलाई ।

त्यतिबेला छोरी मिस नेपाल बनेको खवर कसैलाई सुनाइदिंदा काजिमान कम हर्षित भएनन् । ‘म त नाइट ड्युटी गरेर घरमै आराम गरिरहेको थिएं भतिजले खवर सुनायो’, उनी विगत सम्झन्छन्, ‘पछि छोरीले नै फोन गरेर सुनाउंदा त झन् गर्व लाग्यो ।’ त्यतिबेला काजिमानले बधाइ दिंदै छोरीलाई यत्ति भने, ‘अब तिमी हाम्रो मात्र छोरी होइन, नेपालकै छोरी भएकाले इज्जत जोगाइ राख्नु ।’

आउने वित्तिकै बन्द प्रशिक्षणमा व्यस्त हुने भएकाले डिसेम्बर १४ मा फिनाले सकिएपछि मात्र सुविन बाबु आमाको साथ बस्नेछिन् । ‘उसको पहिलो बेलायत भ्रमण भएकाले उत्साहित छ’, बाबुले सुनाए ।

६४ औं मिस वोर्ल्ड २०१४ आगामी डिसेम्बर १४ मा लन्डनस्थित एक्सेलमा हुने कार्यक्रम छ । सुविन ‘मिस वोर्ल्ड’ मा भिड्न यूके आउने तयारीमा छिन् ।

1399073099-subin-limbu-crowned-miss-nepal-2014_4628093

मिस नेपालको ताज पहिरिंदै सुविन (बाया)

प्रतिक्रिया

सम्बन्धित सामाग्री