मंगलबार, मंसिर १६ २०७७ | Tue, December 01, 2020
नेपालको समय: २३:१५ | UK Time: 17:30

नुवाकोटमा बस दुर्घटना, १२ को मृत्यु

वीनेपाली
२०७१ कार्तिक ७ गते १०:५१

काठमाडौं। नुवाकोटमा शुक्रबार भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले बताएका छन्। काठमाडौंबाट रसुवा जाँदै गरेको बस बेलकोटमा दुर्घटनाग्रस्त भएको हो। Nuwakot

ट्राफिक प्रहरी दिलबहादुर राईले ५० जनाभन्दा बढी घाइते भएको बताएका छन्। दुर्घटनाग्रस्त बस भीरबाट १ सय ५० मिटरमा तल खसेको छ।

मृत्यु हुनेमा केही विदेशी नागरिक पनि भएको बताइएको छ। नुवाकोटको देवीघाटस्थित नेपाली सेनाको फस्ट राइफल, सशस्त्र र नेपाल प्रहरी र स्थानीय बासिन्दा उद्धार कार्यमा लागेका छन् । घाइतेलाई राजधानी ल्याउने दुर्घटनास्थलमा हेलिकप्टर लगिएको छ। विदेशी पर्यटक पदयात्राका लागि रसुवातर्फ जाँदै गरेका थिए। बसमा नौ विदेशी यात्रारत रहेको बताइएको छ। मारिने विदेशी नागरिकमा २ इजरेली र एक स्पेनीस नागरिक छन्।

दुर्घटनामा बस मालिकका छोरीको समेत मृत्यु भएको छ । दुर्घटनाको समयमा बसमा छतमा समेत यात्रु रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक