काठमाडौं। सरकारले बुधबारको हिमआँधीको कारण अलपत्र परेका पर्यटकको बारेमा थप कुनै जानकारी नभएको भन्दै उद्दार कार्य करिब करिब सम्पन्न भएको जनाएको छ।
उद्दार कार्य शुरु भएको पाँच दिँनपछि सरकारले अब मृत्यु भएका व्यक्तिको शव खोज्ने कार्य हुने जनाएको छ। बुधबारको हिमआँधीमा परि मृत्यु भएका ३२ जनाको शव भेटिएको छ। हिमअाँधीको कारण अन्य थप ७ जनाको मृत्यु भएको ठानिएको छ।पर्यटन मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा १७ विदेशीसहित ३२ जनाको शव प्राप्त भएको जनाइएको छ। मुस्ताङ, मनाङ, म्याग्दी र डोल्पा जिल्लामा पदयात्रीहरु रहेका विदेशी तथा नेपाली पदयात्री र उनीहरुलाई सघाउने नेपालीहरु हुन्। मृत्यु हुने विदेशीमा जापान, इजरेल, क्यानाडा, भारत, स्लोभाकिया, भियतनाम र पोल्यान्डका नागरिक छन्।
त्यसैगरी हालसम्म ४ सय ७ जनाको उद्दार गरिएको जनाइएको छ। उद्दार गरिएकामा १ सय ८१ नेपाली र २ सय २६ जना विदेशी नागरिक रहेका छन्। बाँचेका धेरैका अंगहरु हिउँले खाएका छन्। केही अपाङ समेत बनेका छन्।
तर अहिले नेपाली पदयात्राको क्षेत्रमा भएको सबैभन्दा ठूलो प्राकृतिक विपत्तिको समयमा अन्नपूर्णसहितका क्षेत्रमा कति मानिस थिए भन्ने यकिन तथ्याकं भने सरकारसँग छैन।
दशकौं पछि हिमालय क्षेत्रमा यस प्रकारको विपत्त आएको विज्ञहरुले बताएका छन्। भारतको अन्डहुदमानबाट शुरु भएको समुद्री आँधी हुडहुडको कारण पश्चिमी हिमाली क्षेत्रमा २४ घन्टामा त्यस क्षेत्रमा गरी करिब ६ फिटसम्म हिमपात भएको थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो