काठमाडौं। इबोला प्रभावित देश लाइबेरियास्थित शान्ति मिसनबाट फर्केर आएका सशस्त्र प्रहरी(एपिएफ)का १ सय ३१ जवानलाई प्रहरीले निगरानीमा राखेको छ। उनीहरुलाई नुवाकोटको ककनीस्थित सशस्त्र प्रहरी राष्ट्र संघीय तालिक केन्द्रमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। 
बुधबार राति स्वदेश फर्केका प्रहरीलाई २१ दिनसम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिने छ। इबोला भाइरसबाट संक्रमित व्यक्तिमा २ देखि २१ दिनभित्र रोग देखिन्छ। लाइबेरियामै रहँदै राष्ट्र संघीय मिसनमा कार्यरत सबैलाई रोगको बारेमा विस्तृत जानकारी र सचेत गराएको हुन्छ ।
इबोलाको महामारीबाट बच्नका लागि प्रभावित क्षेत्रबाट फर्केका सुरक्षाकर्मीलाई निश्चित अवधी निगरानीमा राख्नु सुरक्षित उपाय हो। मिसनबाट फर्किएका उनीहरुलाई छुट्टाछुट्टै राखिएको छ र त्यसैअनुसारको बन्दोबस्तीको व्यवस्था गरिएको छ।
लाइबेरियासहित पश्चिम अफ्रिकी मुलुकहरुमा फैलिएको इबोलाका कारण ४ हजार ५ सय जनको मृत्यु भैसकेको छ भने अमेरिका र युरोपमा पनि संक्रमितहरुको मृत्यु भैसकेको छ।
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते