काठमाडौं। इबोला प्रभावित देश लाइबेरियास्थित शान्ति मिसनबाट फर्केर आएका सशस्त्र प्रहरी(एपिएफ)का १ सय ३१ जवानलाई प्रहरीले निगरानीमा राखेको छ। उनीहरुलाई नुवाकोटको ककनीस्थित सशस्त्र प्रहरी राष्ट्र संघीय तालिक केन्द्रमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। 
बुधबार राति स्वदेश फर्केका प्रहरीलाई २१ दिनसम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिने छ। इबोला भाइरसबाट संक्रमित व्यक्तिमा २ देखि २१ दिनभित्र रोग देखिन्छ। लाइबेरियामै रहँदै राष्ट्र संघीय मिसनमा कार्यरत सबैलाई रोगको बारेमा विस्तृत जानकारी र सचेत गराएको हुन्छ ।
इबोलाको महामारीबाट बच्नका लागि प्रभावित क्षेत्रबाट फर्केका सुरक्षाकर्मीलाई निश्चित अवधी निगरानीमा राख्नु सुरक्षित उपाय हो। मिसनबाट फर्किएका उनीहरुलाई छुट्टाछुट्टै राखिएको छ र त्यसैअनुसारको बन्दोबस्तीको व्यवस्था गरिएको छ।
लाइबेरियासहित पश्चिम अफ्रिकी मुलुकहरुमा फैलिएको इबोलाका कारण ४ हजार ५ सय जनको मृत्यु भैसकेको छ भने अमेरिका र युरोपमा पनि संक्रमितहरुको मृत्यु भैसकेको छ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा