हिमपातमा परि कम्तीमा २९ जनाको मृत्यु, डोल्पामा सय सम्पर्क बाहिर(फोटो फिचर)

काठमाडौं। पश्चिम नेपालमा भएको हिमपातमा कम्तीमा २९ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै १८ जनाको शव भेटिएको छ। नेपाली सेनाले मुस्ताङबाट १० र मनाङबाट तीन शव फेला पारेको छ। म्याग्दीमा हिमपहिरोमा परि हराइ रहेका ५ जना पदयात्रीको शव बिहीबार भेटिएको स्थानीय अधिकारीले जनाएका छन्। यसअघि बुधबार मुस्ताङमा चार र मनाङमा सात गरी ११ शव फेला परेको थियो।Map of Diz

मुस्ताङमा शव भेटिएका दुई इजरेली, एक पोलिस र दुई नेपाली छन्। बाँकी ६ शवको पहिचान खुल्न सकेको छैन। मनाङमा भेटिएका तीन शव मध्ये दुई भारतीय र एक नेपालीको छ। म्याग्दीमा भेटिएका पाँच मध्ये तीन नेपाली र २ स्लोभाकियाली रहेका छन्। नेपाली सेना र नेपाल ट्रेकिङ एजेन्सी संघ(टान)का हेलिकप्टरहरुले उद्दार गरेको छ।

कर्णाली जिल्ला दुर्गम डोल्पामा पदयात्रामा गएका नेपाली र विदेशी पदयात्री गरी एक सयभन्दा बढीसँग सम्पर्क हुन नसकेको अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन्।

बिहीबार रात परेपछि उद्दार कार्य स्थगीत गरि शुक्रबार बिहानबाट शुरु गरिएको छ। मनाङ र मुस्ताङबाट गरी २ सय ९ जनालाई बुधबार र बिहीबार उद्दार गरिएको छ।

कसरी भैरहेको छ उद्दार फोटा फिचर

उद्दार कार्यमा रहेको फिस्टेल एयरको हेलिकप्टरका क्याप्टेन स्टेभन ब्रुस बोकानले थोराङ ला भञ्ज्याङबाट सैनिक अस्पताल छाउनीसम्म खिचेको तस्वीरहरु

 1011207_737139906374500_8083586122898379386_n 10347634_737139923041165_1723838963274515687_n

10712782_737139959707828_1486084946512727312_n (1)10600657_737140066374484_2947071718635783650_n1536574_737140096374481_8308568704211306247_n
10644402_737140123041145_7054605462029293890_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री