काठमाडौं। मन्त्रिपरिषदले एकीकृत नेकपा माओवादीको सिफारिसमा चार जना सभाषद् मनोनयन गरेको छ। बिहीबारको बैठकले राममाया बोगटी, जनकराज जोशी, श्याम श्रेष्ठ र जनक बुढालाई मनोनित गरेको हो।
माओवादीको सिफारिसमा सभाषद बनेकी राममाया हालै निधन भएका माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीकी पत्नी हुन भने जोशी सरकारका पूर्व सचिव हुन। त्यसैगरी श्रेष्ठ बामपन्थी वुद्धिजिवी र बुढा बझाङका माओवादी नेता हुन्।
यसअघि मन्त्रिपरिषद्ले नेपाली कांग्रेस र नेकपा एमालेको सिफारिसमा ८ -८ र राप्रपा नेपालको सिफारिसमा एक सभाषद मनोनयन गरिसकेको छ। साना राजनीतिक दलहरुलाई छुट्याएको चार स्थानमा भने नियुक्त हुन बाँकी छ। कांग्रेसको कोटामा परेको एक स्थान रिक्त छ।
मन्त्रिपरिषदको विहिवारको बैठकले राष्ट्रिय समाचार समिति (रासस)को कार्यकारी महाप्रबन्धकमा श्रीरामसिंह बस्न्यातलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषदको बैठकले राष्ट्रिय समाचार समिति (रासस) को महाप्रवन्धकमा श्रीरामसिंह बस्न्यात नियुक्त गरेको छ । २०४४ सालमा सहायक सम्पादकबाट राससमा सेवा प्रवेश गरेका बस्न्यात यसअघिसम्म राससमा प्रधान सम्पादक थिए। २८ वर्ष राससमा कार्यरत रहँदा उनले प्रमुख समाचारदाता, समाचार महाशाखा प्रमुख, आलेख सम्पादक लगायत पदमा काम गरेका छन्। उनी २०१४ सालमा काठमाडौंमा जन्मेका हुन्
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह