काठमाडौं। राजधानीको बबरमहलमा सोमबार साँझ भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन्। काभ्रेको धुलिखेलबाट पुरानो बसपार्क आउँदै गरेको काभ्रे बस व्यवसायी संघको बा १ख ८६७६ नम्बरको तीव्र गतिमा रहेको बस तीन वटा मोटरसाइकलमा ठक्कर दिदै आफै पल्टेपछि चौथो मोटरसाइकल पनि पूर्ण रुपले थिचेको थियो। दुर्घटना काठमाडौं जिल्ला भवन अघि भएको थियो।
बसले बा३२प २६७६ नम्बरको मोटरसाइकल पूर्ण रूपले थिचेको थियो भने बा६२प ३६९८, बा३७प ७६३९ र बा५६प ३५३८ नम्बरका मोटरसाइकललाई पल्टिनुअघि नै ठक्कर दिएर हुत्याइदिएको थियो । प्रहरीले बस तीव्र गतिमा रहेको कारण दुर्घटना भएको बताए । ब्रेक हान्दा बस करिब १५ मिटर जति सडकमा घिस्रिएको टायरको डोब देखिन्छ। प्रहरीले एक्कासी ब्रेक हान्दा असन्तुलित भएर बस पल्टिएको जनाएको छ । दुर्घटनापछि बसका चालक फरार छन्।
प्रहरीले मृतक मध्ये दुई जनाको मात्रै सनाखत भएको जनाएको छ। घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ। अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो