काठमाडौ। आन्दोलनरत स्थानीय बासिन्दा र बारा प्रशासनबीच आइतबार राति दस बुँदे सहमतिपछि बारा सिम्रौनगढमा आन्दोलन स्थगित भएको छ।
बाटो मर्मत गर्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र दुई जना घाइते भएपछि त्यस क्षेत्रमा दुई दिन कर्फ्यु लगाउनु परेको थियो।
दुवै पक्षबीच सत्यतथ्य छानबिनका लागि आयोग गठन गर्ने, घाइतेको उपचार खर्च व्यहोर्ने, मृतकलाई सहिद घोषणाका लागि सरकारसँग सिफारिश गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति तथा रोजगारी दिने, भत्किएको बाटो पिच गर्ने, शान्ति कायम गर्ने तथा आन्दोलन स्थगित गर्ने विाषयमा सहमति भएको छ।
स्थानीय बासिन्दाले शनिबारको गोली काण्डमा मृत्यु भएका जयनारायण पटेलको शवसहित जिल्ला सदरमुकाम कलैयामा आइतबार दिनभर प्रदर्शन गरेका थिए । सहमतिपछि पोस्टमार्टम गरेर आइतबार राति नै पटेलको अन्त्येष्टी गरिएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो