काठमाडौँ। संविधानसभाका प्रमुख दलहरुले संविधानका मुख्य विवादित विषयमा आइतबार पटक पटक वार्ता भएपनि विवादको विषयमा ठोस निष्कर्ष निकाल्न असफल भएका छन्।
आइतबार बिहानदेखि नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच पटक-पटक दुई पक्षीय र त्रिपक्षीय छलफल भए । नयाँ संविधानका मुख्य विवादित विषयहरु राज्य पुर्नसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणाली जस्ता महत्वपूर्ण विषयमा सहमति जुट्न बाँकी छ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा तीन घण्टा दलहरु बीच छलफल भयो। छलफलपछि एमाले नेता माधवकुमार नेपालले ‘बैठकमा बल्ल सिरियस छलफल सुरु भएको’ बताए। उनले तीन दिनभित्र सहमति निकाल्ने भन्दै सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए।
आइतबार साँझसमेत प्रमुख तीन दलबीच छलफल भयो। बैठकपछि समितिका सभापति डा. बाबुराम भट्टराईले सहमतिका बिन्दु बारे विभिन्न विकल्पमा छलफल भएको जानकारी दिए।
उनले छलफल सहमतिको निकटउन्मुख र सकरात्मक भएपनि सहमति बनिनसकेको बताए । साँझको बैठकमा नागरिकको के-के मौलिक अधिकार रहने भन्ने विषयमा कुराकानी भएको भट्टराईले बताए।
बिहानको छलफलपछि दिउँसो कांग्रेस र एमाले, एमाले र माओवादी र माओवादी र कांग्रेसबीच दुईपक्षीय छलफल भएको थियो। एमाओवादीसँगको बैठकमा कांग्रेसले छ प्रदेशको आफ्नो अडान र साझा नामाकरण गर्नुपर्ने धारणा राखेको उपसभापति रामचन्द्र पौडेलले बताए।
एमाओवादीले भने छ वटा प्रदेश बनाउने भए बहुपहिचान नाम दिनु पर्ने माग राखिएको जनाएको छ । दश वटा प्रदेश निर्माण गर्ने भए प्रदेश सभालाई नै नामाकरणको जिम्मा दिनुपर्ने माओवादीले धारणा राखेको पौडेलले बताए।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो