बिहीबार, कार्तिक ६ २०७७ | Thu, October 22, 2020
नेपालको समय: ०६:१३ | UK Time: 01:28

आर्थिक वर्ष बैशाखबाट शुरु गर्न सभाषदको माग

वीनेपाली
२०७१ असोज २६ गते १७:५२

काठमाडौँ। सभाषद्हरुले जारी आर्थिक वर्ष परिवर्तन गरेर बैशाखबाट शुरु गर्नु पर्ने बताएका छन्। व्यवस्थापिका–संसद् अन्तर्गतको अर्थ समितिका अधिकांश सभाषदहरुले असारको अन्त्यतिर बजेट सार्वजनिक र आर्थिक वर्ष साउन १ गतेदेखि लागू गर्ने वर्तमान परिपाटी अव्यावहारिक भन्दै परिवर्तन गर्नु पर्ने धारणा राखेका हुन्।CA-building

विकास–निर्माणका कामलाई गति दिन तथा पुँजीगत खर्च बढाउन पनि आर्थिक वर्ष परिवर्तन अपरिहार्य भएको बताउँदै उनीहरुले नयाँ आर्थिक वर्ष वैशाखबाट प्रारम्भ गर्नु उपयुक्त हुने सुझाव दिएका हुन् ।

भारतमा झैँ नेपालमा पनि बजेट सार्वजनिक गर्ने मिति निर्धारण हुनुपर्ने र भारतीय बजेट सार्वजनिक भएको केही दिनपछि नेपाल सरकारले पनि बजेट ल्याउनुपर्ने सुझाव पनि दिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक