लन्डन। गोर्खा अधिकार आन्दोलनकी अभियन्ता अभिनेत्री जोना लुम्लेले नेपालको बारा जिल्लामा मनाइने गढीमाई मेलामा दिइने बली रोक्न आग्रह गरेकी छन्। लन्डनस्थित नेपाली दूतावासअघि शनिबार भएको प्रदर्शनको नेतृत्व गरेकी लुम्लेले बली रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएकी छिन्।
कम्प्याश्न इन वर्ल्ड फार्मिङ र हिन्दू परिषद युकेले आयोजना गरेको सो कार्यक्रममा बली रोक्न माग गर्दै ८० हजारको हस्ताक्षर बुझाइएको थियो।
ज्ञापनपत्रमा बली रोक्न नेपाल सरकारसँग माग गरिएको छ । त्यसमा सरकारलाई गढीमाइ मेला आयोजना गर्न दिने अनुदान रोक्न आग्रह गरिएको छ।
लुम्ले कम्प्याश्न इन वर्ल्ड फार्मिङको सद्भावना दूत हुन्।
पाँच पाँच वर्षमा लाग्ने गढीमाई मेलामा २ लाख ५० हजार जनावरको बली दिने गरिएको छ।
नेपालसाथै भारतका लाखौ भक्तजन सहभागी हुने मेलामा भाकल अनुसारको जनावर र पङ्क्षीको वली दिने गरिन्छ।
यस वर्ष आउँदो मंसिरमा मेला लाग्ने छ।
दूतावासअघि भएको प्रदर्शनलाई सम्बोधन गर्दै लुम्लेले ‘यस्तो अमानवीय कार्य हिन्दू धर्मको अंश नभएको’ बताइन् ।
‘हजारौ त्रसित प्राणीको नृशङ्स बली दिनु रगत चुस्ने आशक्ति भन्दा बढी केही पनि होइन,’ लुम्लेले भनिन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा