लन्डन। गोर्खा अधिकार आन्दोलनकी अभियन्ता अभिनेत्री जोना लुम्लेले नेपालको बारा जिल्लामा मनाइने गढीमाई मेलामा दिइने बली रोक्न आग्रह गरेकी छन्। लन्डनस्थित नेपाली दूतावासअघि शनिबार भएको प्रदर्शनको नेतृत्व गरेकी लुम्लेले बली रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएकी छिन्।
कम्प्याश्न इन वर्ल्ड फार्मिङ र हिन्दू परिषद युकेले आयोजना गरेको सो कार्यक्रममा बली रोक्न माग गर्दै ८० हजारको हस्ताक्षर बुझाइएको थियो।
ज्ञापनपत्रमा बली रोक्न नेपाल सरकारसँग माग गरिएको छ । त्यसमा सरकारलाई गढीमाइ मेला आयोजना गर्न दिने अनुदान रोक्न आग्रह गरिएको छ।
लुम्ले कम्प्याश्न इन वर्ल्ड फार्मिङको सद्भावना दूत हुन्।
पाँच पाँच वर्षमा लाग्ने गढीमाई मेलामा २ लाख ५० हजार जनावरको बली दिने गरिएको छ।
नेपालसाथै भारतका लाखौ भक्तजन सहभागी हुने मेलामा भाकल अनुसारको जनावर र पङ्क्षीको वली दिने गरिन्छ।
यस वर्ष आउँदो मंसिरमा मेला लाग्ने छ।
दूतावासअघि भएको प्रदर्शनलाई सम्बोधन गर्दै लुम्लेले ‘यस्तो अमानवीय कार्य हिन्दू धर्मको अंश नभएको’ बताइन् ।
‘हजारौ त्रसित प्राणीको नृशङ्स बली दिनु रगत चुस्ने आशक्ति भन्दा बढी केही पनि होइन,’ लुम्लेले भनिन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते