काठमाडौं। सरकारले समयमै बजेट विनियोजन नगरेको भन्दै सीमावर्ती जिल्लाका स्वास्थ्य कार्यालयहरुले इबोला जाँच गर्ने डेस्क बन्द गर्ने चेतावनी दिएका छन्। महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरुले सीमा जोडिएका जिल्लाका कार्यालयहरुले तत्काल बजेट निकासी नगरे इबोला जाँच डेस्क बन्द गर्न बाध्य हुने जानकारी गराएको बताएका छन्।
महाशाखाका प्रमुख डा बाबुराम मरासिनीले बजेट अभावको कारण जिल्ला स्वास्थ्य कार्यालयहरुले हेल्थ डेस्क बन्द गर्ने चेतावनी दिएको बताए। महाशाखाले इबोलाका रोकथामका लागि अर्थ मन्त्रालयसँग ५ करोड रुपैया माग गरेपनि निकासी भएको छैन। मरासिनीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इबोलाको सावधानी अपनाउनका लागि थप बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको बताएका छन्।
महाशाखा र जिल्ला कार्यालयहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमा क्षेत्रमा इबोला प्रभावित पश्चिम अफ्रिकी देशबाट फर्केका नेपालीको स्वास्थ्य परीक्षण गर्न २ महिना पहिले डेस्कको स्थापना गरेको छ। विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले इबोलालाई विश्वव्यापी आपतको रुपमा घोषणा गरेको छ।
नेपाल इबोलाको संक्रमित हुने उच्च जोखिमको देशमा पर्छ। इबोला महामारीको केन्द्रबिन्दुमा रहेको पश्चिम अफ्रिकाका राष्ट्र संघीय मिसनमा नेपालका सयौं सुरक्षाकर्मी तैनाथ छन् भने सयौंको संख्यामा गैर सैनिक व्यक्ति कार्यरत रहेका छन्। इबोलका कारण चार हजार जनाभन्दा बढीको मृत्यु भएको डब्ल्युएचओले जनाएको छ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित