काठमाडौं। सरकारले समयमै बजेट विनियोजन नगरेको भन्दै सीमावर्ती जिल्लाका स्वास्थ्य कार्यालयहरुले इबोला जाँच गर्ने डेस्क बन्द गर्ने चेतावनी दिएका छन्। महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरुले सीमा जोडिएका जिल्लाका कार्यालयहरुले तत्काल बजेट निकासी नगरे इबोला जाँच डेस्क बन्द गर्न बाध्य हुने जानकारी गराएको बताएका छन्।
महाशाखाका प्रमुख डा बाबुराम मरासिनीले बजेट अभावको कारण जिल्ला स्वास्थ्य कार्यालयहरुले हेल्थ डेस्क बन्द गर्ने चेतावनी दिएको बताए। महाशाखाले इबोलाका रोकथामका लागि अर्थ मन्त्रालयसँग ५ करोड रुपैया माग गरेपनि निकासी भएको छैन। मरासिनीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इबोलाको सावधानी अपनाउनका लागि थप बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको बताएका छन्।
महाशाखा र जिल्ला कार्यालयहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमा क्षेत्रमा इबोला प्रभावित पश्चिम अफ्रिकी देशबाट फर्केका नेपालीको स्वास्थ्य परीक्षण गर्न २ महिना पहिले डेस्कको स्थापना गरेको छ। विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले इबोलालाई विश्वव्यापी आपतको रुपमा घोषणा गरेको छ।
नेपाल इबोलाको संक्रमित हुने उच्च जोखिमको देशमा पर्छ। इबोला महामारीको केन्द्रबिन्दुमा रहेको पश्चिम अफ्रिकाका राष्ट्र संघीय मिसनमा नेपालका सयौं सुरक्षाकर्मी तैनाथ छन् भने सयौंको संख्यामा गैर सैनिक व्यक्ति कार्यरत रहेका छन्। इबोलका कारण चार हजार जनाभन्दा बढीको मृत्यु भएको डब्ल्युएचओले जनाएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो