लन्डन । शान्ति नेपाली समाज बेलायतमा नयां नेतृत्व चयन गरिएको छ । ०७१, ०७२ का लागि अध्यक्षमा काशीनाथ शर्मा, उपाध्यक्षहरु ठाकुरप्रसाद ज्ञवाली र श्रीमति मिना न्यौपाने, सचिव कोलेश्वर ढकाल, सहसचिव मुक्त अधिकारी, कोषाध्यक्ष लिलबहादुर थापा र सहकोषाध्यक्षमा शंकर भण्डारीलाई चयन गरिएको हो ।
त्यसैगरि, सक्रिय सदस्यहरुमा टिकाराम भण्डारी, भोजराज भण्डारी, विष्णु बञ्जाडे, देवी सहानी, शारदा खत्री, राधिका सापकोटा, कोपिला अधिकारी, माया पाण्डे, भक्त केसी, जय सापकोटा, महेश पाण्डे, मधु उपाध्याय, टिकाराम सापकोटा र प्रकाश पन्थी चयन भएका छन् ।
सल्लाहकारहरुमा भरत त्रिपाठी, विष्णुप्रसाद भण्डारी, राजेन्द्र पंगेनी, कमल भण्डारी, गंगा गौतम, भुपेन्द्र पाठक, नविन सापकोटा, डा. हेमराज शर्मा, छविलाल थापा र प्रचारप्रसार समितिमा भुपेन्द्र पाठकलाई चुनिएको छ ।
आर्थिक समितिमा कृष्ण घिमिरे, पदम शाही, पदम रेग्मी, गोकर्ण हुमागाईं, हरि सापकोटा, बद्री बस्नेत, वसन्त भण्डारी, रामप्रसाद न्यौपाने तथा सांस्कृतिक समितिमा नारायण बुढाथोकी, विष्णु बञ्जाडे, जय सापकोटा र अशोक अधिकारीलाई छानिएको छ । उक्त समितिको सहयोगीमा मुक्त अधिकारी, समिक्षा सापकोटा, सित पौडेल, पार्वती भण्डारी, मिना गैरे, नेत्र बुर्लाकोटी र कृष्ण सुवेदी छन् ।
त्यसैगरि खेलकुद समितिमा भेषु पुन र सहयोगीमा प्रतिप खत्री, नेत्र सिंजाली, विनोद थापा, विज्ञान हुमागाईं र प्रज्वल अधिकारी छानिएका छन् ।
विजया दशमीको अवसर पारी आयोजित अधिवेशनले नयां कार्यसमिति चयन गरेको थियो । वेष्ट मिडल्याण्डमा पहिलो नेपाली संस्था खोल्ने संस्थापक अध्यक्ष गंगा गौतमले नयां कार्यसमिति घोषणा गरेका थिए ।
काशीनाथ शर्माको सभापतित्व र भुपेन्द्र पाठकको सञ्चालनमा भएको पहिलो चरणको औपचारिक कार्यक्रममा संस्थाका सचिव कृष्णप्रसाद ढकालले सामाजिक तथा वार्षिक प्रतिवेदन र कोषाध्यक्ष लिलबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त सत्रमा दुवै प्रतिवेदनमाथि छलफल र सुझाव प्रस्तुत गरिएको थियो ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा ८२ वर्षीया वृद्ध राधादेवी विमली प्रमुख अतिथी थिइन् भने अतिथीहरुमा गंगा गौतम, नविन सापकोटा, चुडामणी सापकोटा, रत्ना सापकोटा, तुलसीदेवी भुषाल, दिलमाया सापकोटा लगायत थिए । उक्त अवसरमा वेष्ट मिडल्याण्ड नेपाली समाज उल्भरह्याम्पटनका अध्यक्ष मिलन सापकोटा, निराजन सुवेदी, शान्ति नेपाली समाजका सल्लाहकार नविन सापकोटा, गंगाधर गौतम लगायतले शुभकामना र कृष्ण ढकालले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा विभिन्न एकल तथा सामूहिक नृत्य, गायन, नौमति बाजा प्रस्तुति, देउसी भैलो, राफल र डिजे डान्स कार्यक्रम भएको थियो । आयोजकले कलाकारहरुलाई सम्मान समेत गरे ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल