काठमाडौं। ‘सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समिति’को नाममा नेपाली कांग्रेसका नेताहरुले देशलाई हिन्दु राज्य घोषणाको अभियान चलाउने भएका छन्। काँग्रेस नेता हरिबोल भट्टराईको नेतृत्वमा रहेको विपी कोइराला चिन्तन प्रतिष्ठानले यस्तो सङ्घर्षको समायोजन गरेको हो। 
यो अभियानमा भ्रष्टाचारको आरोपमा कारावासको सजाय भोगेका पूर्वमन्त्री तथा कांग्रेसका नेताहरु खुमबहादुर खड्का र चिरञ्जिवी वाग्लेदेखि वयोवृद्ध नेता केबी गुरुङ समेतको सहभागिता रहेको छ।
नयाँ बानेश्वरमा भएको कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाट, लक्ष्मणप्रसाद घिमिरे, पुष्पा भूसाल, डा. रामचन्द्र अधिकारी, पूर्णकुमार शेर्मा, केशव थापा, मार्शल जुलुम शाक्य, दूर्योधनसिंह चौधरी, हस्तबहादुर मल्ल, शिवराज योगी, झलकनाथ वाग्ले, सुरेन्द्र हमाल, प्रकाश कोइराला, सावित्री बोगटी, ओमकार श्रेष्ठ लगायतका नेताहरु रहेका थिए।
कार्यक्रममा पछिल्लो समयमा प्रधानमन्त्री सुशील कोइरालाको विश्वास पात्रको रुपमा देखा परेका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले अभियानप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए।
पूर्वसांसदहरु शंकर पाण्डे, रामबहादुर विष्ट, अकलबहादुर विष्ट, तिलक न्यौपाने, रविन्द्रलाल श्रेष्ठ, रामजीवन सिंहलगायत पनि कार्यक्रममा उपस्थित थिए । यसैगरी सुशीला चौधरी, पार्वती डीसी चौधरी, राजीवविक्रम शाही, सुवर्णा ज्वारचन, नेविसंघका पूर्व महामन्त्री डा. टिका पोखरेल, पत्रकार देवप्रकाश त्रिपाठी, विश्व हिन्दू महासंघका पूर्वअध्यक्ष दामोदर गौतम, ट्रेड युनियन कांग्रेसका खिलनाथ दाहालसहित करिब ५ सय कांग्रेससँग आवद्ध नेताहरु सहभागी थिए।
भेलामा कांग्रेस महासमिति सदस्य समेत रहेका अधिवक्ता कुमार रेग्मीले ‘हिन्दु राष्ट्रः नेपालको पहिचान र राष्ट्रियताको आधार’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै खुमबहादुर खड्काले नेपाललाई विखण्डन गर्न पश्चिमा देशले अर्बौ रुपैया लगाएर नेपाललाई धर्म निरपेक्ष राष्ट्र जबरजस्ती घोषणा गरिएको आरोप लगाए। उनले आफ्नो कार्यक्रममाथि दमन भए सशस्त्र रुपमा प्रतिरोध हुने चेतावनी समेत दिएका छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो