काठमाडौं। बलिउडका चर्चित अभिनेता आमिर खानले बालबालिकाका पोषण सम्बन्धी सरकारी कार्यक्रम ‘सुनौला हजार दिन’ औपचारिक सुरुवात गर्ने भएका छन्। काठमाडौंमा बिहीबार हुने सो कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले साथ दिने छन्। खड्का युनिसेफको नेपाल सद्भावना दूत हुन्। सुनौला हजार दिन कार्यक्रममै युनिसेफले खानलाई दक्षिण एशियाली पोषणदूत घोषणा गर्ने छ। 
बालबालिका र गर्भवती महिलाको कुपोषण हटाउन सरकारले सञ्चालनमा ल्याएको कार्यक्रममा सहभागी हुन खान मंगलबार नै नेपाल आएका हुन्। त्यसअघि युनिसेफले सञ्चालन गरेको कार्यक्रम अवलोकन गर्न बुधबार कपिलबस्तुस्थित पकडी जाने छन्।
पोषणमार्फत् मातृ तथा बाल मृत्युदर घटाउन सरकारले देशका १५ जिल्लाका २ सय १२ गाविसमा सुनौला हजार दिन कार्यक्रम सञ्चालनमा ल्याएको छ। गर्भवती भएको दिनदेखि बच्चा दुई वर्ष पूरा नहुन्जेल विशेष पालनपोषणका लागि सुनौला हजार दिन कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमले बालबालिकाको पालनपोषण र मानसिक विकासमा विशेष जोड दिएको छ।
सरकारले पहिलो चरणमा सुनसरी, सप्तरी, खोटाङ, ओखलढुंगा र उदयपुरमा यो कार्यक्रम सञ्चालन गरेको थियो। दोस्रो चरणमा सिन्धुली, रामेछाप, सिरहा, धनुषा र महोत्तरी तथा तेस्रो चरणमा सर्लाही, रौतहट, बारा, पर्सा र मकवानपुरमा कार्यक्रम सुरु भइसकेको छ।
यो कार्यक्रम आर्थिक वर्ष २०६९/७० मा सिन्धुली जिल्लाबाट नमूनाका रूपमा सुरु भएको थियो। यसमा आमा र बच्चाको स्वास्थ्यमा पूर्ण रेखदेख गरिनेछ। बच्चा जन्मेको ६ महिनापछि थप पौष्टिक आहार दिइनेछ। कार्यक्रमअन्तर्गत नियमित दैनिक एक–एकवटा अन्डा वितरण र हरियो सागसब्जी खुवाउने अभ्यासमा जोड दिइएको छ। शिशु खानेकुरा, स्तनपान, पौष्टिक आहार दिनेलगायत पनि छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो