काठमाडौं। बलिउडका चर्चित अभिनेता आमिर खानले बालबालिकाका पोषण सम्बन्धी सरकारी कार्यक्रम ‘सुनौला हजार दिन’ औपचारिक सुरुवात गर्ने भएका छन्। काठमाडौंमा बिहीबार हुने सो कार्यक्रममा  नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले साथ दिने छन्। खड्का युनिसेफको नेपाल सद्भावना दूत हुन्। सुनौला हजार दिन कार्यक्रममै युनिसेफले खानलाई दक्षिण एशियाली पोषणदूत घोषणा गर्ने छ।  
बालबालिका र गर्भवती महिलाको कुपोषण हटाउन सरकारले सञ्चालनमा ल्याएको कार्यक्रममा सहभागी हुन खान मंगलबार नै नेपाल आएका हुन्। त्यसअघि युनिसेफले सञ्चालन गरेको कार्यक्रम अवलोकन गर्न बुधबार कपिलबस्तुस्थित पकडी जाने छन्।
पोषणमार्फत् मातृ तथा बाल मृत्युदर घटाउन सरकारले देशका १५ जिल्लाका २ सय १२ गाविसमा सुनौला हजार दिन कार्यक्रम सञ्चालनमा ल्याएको छ। गर्भवती भएको दिनदेखि बच्चा दुई वर्ष पूरा नहुन्जेल विशेष पालनपोषणका लागि सुनौला हजार दिन कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमले बालबालिकाको पालनपोषण र मानसिक विकासमा विशेष जोड दिएको छ।
सरकारले पहिलो चरणमा सुनसरी, सप्तरी, खोटाङ, ओखलढुंगा र उदयपुरमा यो कार्यक्रम सञ्चालन गरेको थियो। दोस्रो चरणमा सिन्धुली, रामेछाप, सिरहा, धनुषा र महोत्तरी तथा तेस्रो चरणमा सर्लाही, रौतहट, बारा, पर्सा र मकवानपुरमा कार्यक्रम सुरु भइसकेको छ।
यो कार्यक्रम आर्थिक वर्ष २०६९/७० मा सिन्धुली जिल्लाबाट नमूनाका रूपमा सुरु भएको थियो। यसमा आमा र बच्चाको स्वास्थ्यमा पूर्ण रेखदेख गरिनेछ। बच्चा जन्मेको ६ महिनापछि थप पौष्टिक आहार दिइनेछ। कार्यक्रमअन्तर्गत नियमित दैनिक एक–एकवटा अन्डा वितरण र हरियो सागसब्जी खुवाउने अभ्यासमा जोड दिइएको छ। शिशु खानेकुरा, स्तनपान, पौष्टिक आहार दिनेलगायत पनि छन्।
 बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप