दशैंमा ४० अर्बको नयाँ नोट बजारमा

काठमाडौं। नेपाल राष्ट्र बैकले दशैंको समयमा ४० अर्ब रुपैया बराबरीको नयाँ नोट बजारमा पठाएको छ । नयाँ नोट दक्षिणाका लागि प्रयोग गर्ने हुंदा नेपालीको प्रमुख चाडको  समयमा राष्ट्र बैकले नयाँ नोट जारी गर्ने गरेको छ।Note

राष्ट्र बैकको थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, भैरवहा, पोखरा, नेपालगञ्ज र धनगढीमा रहेका शाखाबाट नयाँ वितरण गरिएको थियो। त्यसैगरी अन्य वाणिज्य बैक तथा वित्तीय संस्थालाई समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको थियो।

सर्वसाधारणका लागि भने ५, १० र २० को २-२ वटा र ५० र सयका १-१ बण्डल गरी २२ हजार रुपैयाको नयाँ नोट लिन सक्ने व्यवस्था गरेको थियो। बैकले असोज १ गतेबाट नयाँ नोट विवरण शुरु गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री