काठमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले बढ्दो सवारी दुर्घटना रोक्न संस्थागत प्रयास थालिने प्रतिवद्धता व्यक्त गरेका छन्। डोटीको छतिवन गाबिस कट्कटेमा बस दुर्घटनामा परि ३० जनाको मृत्यु भएको एक दिन पछि शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री कोइरालाले संस्थागत प्रयासको प्रतिवद्धता व्यक्त गरेका हुन्।
‘नेपालमा सडक दुर्घटना ठूलो समस्याको रुपमा रही आएको छ। साँघुरा कच्ची सडक, सवारी साधनमा भारवहन क्षमताभन्दा बढी यात्रुको चाप, सवारी साधनको मर्मत संभारमा हेलचक्र्याई ,चालकहरुको असावधानीका साथै सीट नभएपनि जबरजस्ती कोचिएर यात्रा गर्ने यात्रुहरुको प्रबृत्तिले यस्ता दुःखद दुर्घटनामा कमी आउन सकेको छैन’, प्रधानमन्त्री कोइरालाको सन्देशमा भनिएको छ, ‘स्थानीय जनताको माग र आवश्यकता अनुसार निर्माण गरिएका सडकहरुलाई बैज्ञानिक तवरको बनाउदै स्तरोन्नति गर्ने, सवारी साधनको अवस्थामा नियमित निगरानी राख्ने, सवारी साधनको भारवहन क्षमता र यात्रु तथा सामानको भारको नियमित जाँचमा पनि संबन्धित निकायहरुलाई परिचालित गरी सडक दुर्घटनालाई न्यून गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्ने आश्वासन दिन चाहन्छु।’ नेपाल संसारकै उच्च सडक दुर्घटना हुने देशमा पर्दछ।
सोमबार अपरान्ह डोटीको जोरायलबाट कैलालीको धनगढीतर्फ आउँदै गरेको बस भीरबाट १ सय ५० मिटर खोचेमा खसेको थियो। बसमा १ सय ५० यात्री चढेको अनुमान गरिएको छ। सो दुर्घटनामा ६० जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको धनगढीस्थित अञ्चल अस्पताल र अत्तरियास्थित निजी क्लिनिक र अस्पपालमा उपचार भैरहेको छ।
प्रधानमन्त्री कोइरालाले मृत्यु भएका प्रति शोक र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]