काठमाडौ। डोटीमा एक यात्रुबाहक बस भीरबाट खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। १ सय ५० यात्रु रहेको अनुमान गरिएको सो बस सोमबार दिउँसो भीरबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। डोटीको जोरायलबाट छुटेको बस कैलाली धनगढीतर्फ जाँदै थियो। दुर्घटना छतिवन गाबिस-५ कठपतेमा भएको हो। 
स्थानीय प्रहरीले घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सख्या बढ्न सक्ने जनाएको छ । प्रहरीले उद्दार गरिका मध्ये २० को अवस्था गम्भीर भएको जनाएको छ। स्थानीय बासिन्दा र प्रहरी राति अबेरसम्म घाइतेको उद्दारमा लागेका छन्।
घाइते मध्ये ६० जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको छ। सवारी साधन अभावले घाइतेलाई स्वास्थ्य केन्द्रमा पठाउन समस्या परेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल भीमदत्त राजमार्गभन्दा १५ किलोमिटर पर जोरायल सडक खण्डमा पर्ने दुर्गम स्थानमा भएकाले यकिन विवरण आउन समय लाग्ने बताइएको छ ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?