काठमाडौं। संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादवलाई भेट्दै नयाँ संविधान निर्माणमा दलहरुबीच कसरी सहमति कायम गरेर अघि बढ्नु पर्छ भनेर निर्देशन माग गरेका छन्।
संविधानका अन्तर्वस्तुमा देखिएका विवादको विषयमा प्रमुख तीन दलबीच भएको वार्ता सकिए लगत्तै भट्टराई राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए। बैठकमा दलहरु संविधानको प्रमुख अन्तर्वस्तुको बारेमा सहमति जुट्न कसेको छैन।
भेटका अवसरमा सभापति भट्टराईले संविधान निर्माणमा दलबीच सहमति कायम गरेर कसरी अघि बढाउने भन्नेबारेमा राष्ट्रपतिबाट केही निर्देशन छन् भने प्राप्त होस् भनी माग समेत गरेका थिए ।
भेटमा सबै पक्षलाई समेटेर संविधान लेखनलाई सहमतिका साथ अघि बढाउन सभापति डा भट्टराईले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले सरहना गरेका थिए। ‘राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखी सबै मिलेर छिटो संविधान जारी गर्न सके मात्र मुलुक र जनताको कल्याण हुने’ भन्दै राष्ट्रपति यादवले अन्यथा मुलुक सङ्कटतर्फ जान सक्ने खतरातर्फ सचेत रहन ध्यानकर्षण गराएका थिए।
प्रस्तावित संविधानका अन्तर्वस्तुमा दलबीच देखिएका विवादलाई सहमतिमा रूपान्तरण गर्ने तथा सहमति भएका कामलाई टुङ्ग्याउँदै संविधान लेखनलाई तीव्रता प्रदान गरी मुलुक र जनताप्रतिको जिम्मेवारीको बोध सबैले गर्नु पर्नेमा विषयमा राष्ट्रपतिसँग कुराकानी भएको भट्टराईले बताए।
(समाचारमा राससको केही अंश प्रयोग गरिएको छ)
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ