नुवाकोटमा एकैदिन तीनद्वारा आत्महत्या

काठमाडौं। दसैँको रमझमकैबीच नुवाकोटमा शनिबार एक बालकसहित फरक–फरक स्थानका तीन जनाले आत्महत्या गरेका छन्।

चारघरे–९ की ५६ वर्षकी दिलमाया राईले घर नजिकै देवीघाट जलविद्युत केन्द्रको नहरमा हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।नहरको पानी सुकाएर राईको शव निकालिएको प्रहरी निरीक्षक प्रकाश शर्माले जनाएका छन्।

यस्तै, ओखरपौवा–१ की ४० वर्षकी तीर्थमाया तामाङले आफ्नै घरको भर् याङमा डोरीको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

शनिबार नै ककनी–६ का ११ वर्षका वालक अतिथी तामाङले ओखरपौवा–३ की आनन्दीमाया तामाङको घरमा पाहुना लाग्न गएका बेला कुकुर बाँध्ने चेन घाटीमा झुण्ड्याएर आत्महत्या गरेको प्रहरी निरीक्षक शर्माले जनाए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री