काठमाडौं। सिन्धुपाल्चोकमा विषाक्त खाना खादा एक जनाको मृत्यु भएको छ भने १४ जना विरामी परेका छन्। प्रहरीले मृतक ५५ वर्षका हरिबहादुर थापा मगर भएको जनाएको छ।
धुलिखेलस्थित अस्पताल लैजादै गर्दा बाटौमै थापाको मृत्यु भएको हो। त्यसअघि उनको चौतारामै उपचार गरिएको थियो। धुलिखेल अस्पतालका चिकित्सकले विषाक्त खानाको कारण थापाको मृत्यु भएको जनाएका छन्।
बिरामी परेका १४ जना मध्ये ५ जनाको थप उपचारका लागि काठमाडौं ल्याइएको छ। स्थानीय टेकबहादुर थापा मगरको घरमा दसैको टिकाको दिन खाना खाएपछि उनीहरु विरामी परेका थिए। विरामी पर्नेहरु सदरकुमार चौतारा नगरपालिका-७ स्थित सानो सिरुवारस्थित मगर गाउँका बासिन्दा हुन्। सो दिन खाना खानेहरुलाई शनिबार बिहानदेखि पेट दुख्ने र बान्ता हुने गरेको थियो।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा