काठमाडौं। नियमविपरीत चेक काट्न अस्वीकार गर्ने कर्मचारीलाई कुट्ने नेपाली कांग्रेस कास्कीका उपसभापति विष्णु बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । बास्तोला अध्यक्ष रहेको पोखरा उपत्यका नगरविकास समिति कार्यालयका लेखा अधिकृत दयामोहन आचार्यमाथि कुटपिट गरेको आरोप छ। बास्तोलालाई मंगलबार हेम्जाबाट पक्राउ गरिएको हो ।
सुरक्षा माग गर्दै आचार्यले सोमबार वडा प्रहरी कार्यालय बैदामा उजुरी दिएका थिए । दुवैलाई राखेर मिलाउने प्रयास गरिए पनि सहमति नभएपछि बास्तोलालाई हिरासतमा राखिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
अध्यक्ष बास्तोला भने आफूले कुटपिट नगरेको दाबी गर्छन् । मन्त्रालयको स्वीकृतिबिना अनुदानका लागि चेक काट्न नमिल्ने भन्दै लेखा अधिकृतले चेक काट्न मानेका थिएनन्। त्यही निहुँमा बास्तोलाले कुटपिट गरेको आचार्यलाई उद्धृत गर्दै प्रहरीले जनायो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो