काठमाडौं। नियमविपरीत चेक काट्न अस्वीकार गर्ने कर्मचारीलाई कुट्ने नेपाली कांग्रेस कास्कीका उपसभापति विष्णु बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । बास्तोला अध्यक्ष रहेको पोखरा उपत्यका नगरविकास समिति कार्यालयका लेखा अधिकृत दयामोहन आचार्यमाथि कुटपिट गरेको आरोप छ। बास्तोलालाई मंगलबार हेम्जाबाट पक्राउ गरिएको हो ।
सुरक्षा माग गर्दै आचार्यले सोमबार वडा प्रहरी कार्यालय बैदामा उजुरी दिएका थिए । दुवैलाई राखेर मिलाउने प्रयास गरिए पनि सहमति नभएपछि बास्तोलालाई हिरासतमा राखिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
अध्यक्ष बास्तोला भने आफूले कुटपिट नगरेको दाबी गर्छन् । मन्त्रालयको स्वीकृतिबिना अनुदानका लागि चेक काट्न नमिल्ने भन्दै लेखा अधिकृतले चेक काट्न मानेका थिएनन्। त्यही निहुँमा बास्तोलाले कुटपिट गरेको आचार्यलाई उद्धृत गर्दै प्रहरीले जनायो।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा