काठमाडौं । इन्चोन एसियाडमा नेपाली क्रिकेट टोली आइतबार भएको खेलमा माल्दिभ्सलाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ। समुहगत चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई सात विकेटले पराजित गर्यो । बुधबार नेपालले अफगानिस्तानसँग क्वाटरफाइलमा प्रतिस्पर्धा गर्ने छ ।
आइतबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको माल्दिभ्स १८ ओभर ५ बलमा अल आउट हुँदै ५३ रन बनाएको थियो । नेपालका लागि भुनव कार्की, शक्ति गौचन र सागर पुनले २–२ विकेट लिएका थिए । त्यसैगरी बसन्त रेग्मी र सोमपाल कामीको नाममा १–१ विकेट रह्यो। माल्दिभ्सका २ ब्याट्सम्यान रन आउट भएका थिए । अतिरिक्त १५ रनको मद्दतमा माल्दिभ्सले ५३ रन बनाउन सकेको हो ।माल्दिभ्सका ब्याट्सम्यानहरु सफराज जलील र मुआवियाथ घनीले क्रमशः १२ र ११ रन बनाएका थिए । माल्दिभ्सका चार ब्याट्सम्यान खाता खोल्नै नपाई अल भएका थिए ।
झानो लक्ष्यमा मैदानमा उत्रिएका नेपाली ब्याट्सम्यानहरु पनि खासै जम्न सकेनन् । नेपाली ब्याट्सम्यानहरु सागर पुन, ज्ञानेन्द्र मल्ल १–१ रनमा आउट भए। कप्तान पारस खड्काले १५ रन सिमिति भए । नेपाली ब्याट्सम्यानहरु सुभाष खकुरेलले २७ र शरद भेषवाकर ६ रनमा नट आउट रहे । शनिबार भएको पहिलो खेलमा २० रन बनाएको कुवेतलाई नेपालले १७ बलमा पराजित गरेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा