कृष्णप्रसादको हत्या आरोपी नर्दन आयरल्यान्डमा लुकेको श‌ङ्का

काठमाडौं। कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न देखिएपछि रेड कर्नर नोटिस जारी गरिएका चितवनका रुद्र आचार्यलाई पक्राउ गर्ने विषयमा ठोस प्रगती नभएपछि सरकारको आलोचना शुरु भएको छ।

Rudra_Acharya

आचार्य सन् २०१० देखि नै नर्दन आयरल्यान्डमा लुकेर बसेको सरकारी अधिकारीहरुले अनुमान गरेका छन्। रेड कर्नरमा आएको व्यक्तिलाई पक्राउ गरेर बुझाउनु सदस्य देशहरुको कर्तब्य मानिन्छ।  नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले तीन महिनअघि नै आचार्यको नाममा पक्राउका लागि रेड कर्नर नोटिस जारी गरेको थियो।

कृष्णप्रसादको हत्यामा संलग्न भएकाहरुमाथि कारवाही माग गर्दै अनसनमै उनको पिता नुरप्रसादको मृत्यु भएपछि फेरि रेड कर्नर नोटिसमाथि भएको प्रगति बारेमा चर्चा शुरु भएको छ। नुरप्रसादको सोमबार अनसनकै क्रममा वीर अस्पतालमा निधन भएको थियो। नुरप्रसादलाई बचाउन नसकेको भन्दै सरकारको स्वदेश तथा विदेशमा तीव्र आलोचना शुरु भएको छ। तीन सय तीस दिनभन्दा बढी समयदेखि आमरण अनसनमा बसेकी आमा गंगामायाको स्वास्थ्य अवस्था गम्भीर छ। छोराका हत्यामा संलग्न भएकामाथि कारवाही हुने ढोस आधार नभै अनसन नतोड्न आडान गंगामायाले राख्दै आएकी छिन्।

चितवन जिल्ला अदालतलले पक्राउ पुर्जी जारी गर्ने वित्तिकै प्रहरीले पक्राउका लागि सहयोग गर्दै इन्टरपोल गुहारेका थियो। सूचना जारी गरेपछि स्कटल्यान्ड यार्ड इन्टरपोलले नेपालमा मुद्दा चलाउँदै आचार्य पक्राउ पत्र पठाएको थियो।

नेपालको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआइ) ले चितवन रत्ननगरबाट कृष्णप्रसादको अपहरण गर्ने कार्यमा आचार्य पनि संलग्न रहेकोमा जोड दिँदै आएको छ । गोर्खाबाट हजुर आमालाई भेट्न चितवन आएका कृष्णप्रसादको अपहरण भएकै दिन २०६१ बैशाख २४ गते चितवनको बकलुहर चोकमा गोली हानी हत्या गरिएको शव भेटिएको थियो।Rudra_Acharya11111

इन्टरपोलले आचार्यको तीन पुस्ते विवरण, नागरिकता र पासपोर्ट नम्बर, फोटो फिङ्गर प्रिन्ट उनीमाथि लगाएको आरोप विवरण सूचना राखेको छ । मानवअधिकारवादीहरुले सशस्त्र द्वन्द्वको समयमा आचार्यले माओवादीको सार्फ सुटरको रुपमा काम गर्ने गरेको बताएका छन् । रत्ननगर चितवनका आचार्यको जन्म २०४० साल पुस २३ उल्लेख छ। कृष्णप्रसादका दाजु नुरप्रसादले आचार्यसहित एक दर्जन व्यक्तिविरुद्ध चितवन जिल्ला आदालतमा हत्याको आरोप लगाउँदै मुद्दा दर्ता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री