काठमाडौं। अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरु इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे) र ह्युमन राइट वाच(एचआरडब्ल्यु)ले छोराका हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै अनसनमा बसेका नन्दप्रसाद अधिकारीको मृत्युले नेपालमा जारी अन्याय उजागर गरेको बताएका छन्।
दुवै संस्थाले नेपाल सरकार कृष्णप्रसाद अधिकारीको हत्यामा न्याय एक दसकसम्म असफल भएको बताएका छन्। ‘नन्दप्रसाद अधिकारीले आफ्नो छोरालागि न्याय खोज्दै आफ्नो ज्यान त्यागेका छन् । त्यस्तो अवस्था कहिले पनि आउनु हुदैनथ्यो’ आइसिजेका एशिया प्रशान्त क्षेत्रका निर्देशक साम जरिफीले भने, ‘अधिकारी दम्पत्ति सरकारी सुरक्षाफौजका साथसाथै माओवादीबाट भएका हिंसा र मानवअधिकार हननका घटनामा न्याय खोज्ने हजार नेपालीका प्रतिनिधि पात्र हुन्।’
२०६१ सालमा चितवनमा मारिएका छोरा कृष्णप्रसादको हत्यामा संलग्नमाथि कारवाही गर्न माग गर्दै तीन सयदिनभन्दा बढी दिनदेखि अनसनमा बसेका नन्दप्रसादको सोमबार वीर अस्पतालमा निधन भएको थियो।
अनसनमै रहेकी नन्दप्रसादकी पत्नि गंगामायाको स्वास्थ्य अवस्था गम्भीर छ। हजुरआमालाई भेट्न चितवन आएका कृष्णप्रसादको तत्कालिन विद्रोही नेकपा माओवादीले सुराकी भएको आरोपमा हत्या गरेको थियो। हत्यामा संलग्नमाथि कारवाही गर्नु पर्ने माग गर्दै अधिकारी दम्पत्ति पछिल्लो पटक २०७० कातिक ७ गतेबाट आमरण अनसनमा बसेका थिए।
अनसन तोडाउने क्रममा सरकारले यस घटनामाथि केही अनुसन्धान गरेपनि ठोस परिणाम भने दिन सकेको छ। ‘नेपाली राजनीतिज्ञहरुले झुठो आश्वासन दिन बन्द गर्नुपर्दछ र द्वन्द्वको समयमा भएको मानवअधिकार हनन र हिंसाका सम्पूर्ण आरोपमाथि अनुसन्धान गर्नु पर्दछ,’ वाचका एशिया निर्देशक ब्राड एडम्सले भनेका छन्, ‘नन्दप्रसाद अधिकारीको मृत्युले नेपालमा मेलमिलापका र द्वन्द्वको समयको आपराधलाई कानुनको कठघरामा ल्याउन कामका देखिएको त्रुटीलाई उजागर गरेको छ । युद्धको क्रममा भएका अन्यायलाई लुकाउन खोजेका जस्तो देखिन्छ ।’
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
राधिका (टिका) गुरुङले एनआरएनए महिला उपाध्यक्षमा पदमा उम्मेदवारी दिनुहुने
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह