नेपालका करिव सवा लाख पासपोर्टमाथि प्रहरीकाे अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले निगरानी राख्ने भएको छ। नेपाल सरकारले पठाएको विवरणको आधारमा इन्टरपोलले यस्तो निगरानी राख्ने छ। हराएको वा चोरी भएका यस्ता पासपोर्ट आतंककारी लगायतले दुरुपयोग गरिरहेको आशंकामा अनुसन्धान गर्न इन्टरपोलकै आग्रहमा सो विवरण पठाएको हो।
सो सूचीमा रहेका कुनै पनि पासपोर्टमा कसैले यात्रा गरे १ सय १० इन्टरपोल सदस्य राष्ट्रले जुनसुकै विमानस्थलमा पक्राउ गरी कारवाही अघि बढाउन सक्नेछ।
पछिल्लो साढे तीन वर्ष अवधिमा हराएको वा चोरी भएका करिब १ लाख १७ हजार नेपाली पासपोर्ट विवरण इन्टरपोललाई गएको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै नागरिक दैनिकले जनाएको छ।
त्यस्ता पासपोर्टको विवरण इन्टरपोलले आफ्नो डाटा बेसमा राख्न शुरु गरिसकेको छ । यस्तो डाटाबेस इन्टरपोलका सदस्य भएका संसारका सबै देशले प्रयोग गर्दछन्। इन्टरपोललाई सूची बुझाउनु अघि सरकारले ७५ वटै जिल्ला प्रशासन कार्यालय र ३२ वटै कुटनीतिक नियोगबाट हराएको र चोरी भएका पासपोर्टको विवरण माग गरेको थियो।
सरकारी अधिकारीहरुले हराएको वा चोरी भएको पासपोर्टको संख्या अझै बढी हुनसक्ने अनुमान गरेका छन्। अधिकारीहरुले यस्तो संख्या पनि जानकारी गराएको संख्याको बराबरी हुनसक्ने अनुमान गरेका छन्। हराउने वा चोरी हुने वित्तिकै जानकारी गराउने चलन नभएको छैन ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण