नेपालका करिव सवा लाख पासपोर्टमाथि प्रहरीकाे अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले निगरानी राख्ने भएको छ। नेपाल सरकारले पठाएको विवरणको आधारमा इन्टरपोलले यस्तो निगरानी राख्ने छ। हराएको वा चोरी भएका यस्ता पासपोर्ट आतंककारी लगायतले दुरुपयोग गरिरहेको आशंकामा अनुसन्धान गर्न इन्टरपोलकै आग्रहमा सो विवरण पठाएको हो।
सो सूचीमा रहेका कुनै पनि पासपोर्टमा कसैले यात्रा गरे १ सय १० इन्टरपोल सदस्य राष्ट्रले जुनसुकै विमानस्थलमा पक्राउ गरी कारवाही अघि बढाउन सक्नेछ।
पछिल्लो साढे तीन वर्ष अवधिमा हराएको वा चोरी भएका करिब १ लाख १७ हजार नेपाली पासपोर्ट विवरण इन्टरपोललाई गएको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै नागरिक दैनिकले जनाएको छ।
त्यस्ता पासपोर्टको विवरण इन्टरपोलले आफ्नो डाटा बेसमा राख्न शुरु गरिसकेको छ । यस्तो डाटाबेस इन्टरपोलका सदस्य भएका संसारका सबै देशले प्रयोग गर्दछन्। इन्टरपोललाई सूची बुझाउनु अघि सरकारले ७५ वटै जिल्ला प्रशासन कार्यालय र ३२ वटै कुटनीतिक नियोगबाट हराएको र चोरी भएका पासपोर्टको विवरण माग गरेको थियो।
सरकारी अधिकारीहरुले हराएको वा चोरी भएको पासपोर्टको संख्या अझै बढी हुनसक्ने अनुमान गरेका छन्। अधिकारीहरुले यस्तो संख्या पनि जानकारी गराएको संख्याको बराबरी हुनसक्ने अनुमान गरेका छन्। हराउने वा चोरी हुने वित्तिकै जानकारी गराउने चलन नभएको छैन ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा